सम्रग वडाको विकासमा लागिरहेको छाैं : अध्यक्ष चपाई
११ फागुन,काठमाडाैं । लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको साविकका बगनाह र नेउलापुर गा.वि. स. लाई समेटेर मिति २०७२ साल आश्विन ०२ मा बबई नगरपालिका स्थापना भएको र पछि शिवपुर र ठाकुरद्वारा गा.वि.स. लाई समेत समेटेर ठाकुरबाबा नगरपालिकाको स्थापना वि.सं. २०७३ साल फाल्गुण २७ मा भएको हो।
ठाकुरबाबा नगरपालिका वडा नम्बर २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा कमल प्रसाद चपाई निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा २ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा कमल प्रसाद चपाईले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘ पहिलो प्रथमिकता शिक्षालाई दिएर समग्र स्वास्थ्य,सडक,कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन्।’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।
वडा अध्यक्ष चपाईले भन्नुभयो, समग्र वडाको समस्या भनेको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ बिकट तथा पछाडि परेको वडा हो यस वडामा दुई तिर नदि भएको कारणले गर्दा जमिन तथा घरहरु जोखिममा रहेको वषर््ानी जमिन कटान गरेर स्थानिय आजित भएका छन् ।
स्थानियलाई निकास दिनका लागी वडाबाट पहल गरिरहेको तथा सम्बन्धित निकायमा गएर पहल तथा वडामा टबन्धनकाे काम पनि सुरू गरिरहेका छौ । मेरो वडाको विशेषता भनेका कुनै दल गुट उपगुट नभनि सबै साथिहरुलाई समेटेर विकास निर्माणका कार्यसंग जोडेर अगाडि बढिरहेको छौं ।’
२ नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा नम्बर २ का अध्यक्ष कमल प्रसाद चपाईले बताउनुभयो।
वडा कार्यालयको कार्यभार अघि व्यवसाय तथा समाजसेवामा आबद्ध रहनुभएका चपाई वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।
वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन ।सम्पुण वडाबासीलाई वडामा समेटेर वडाबासीको मनोभावना बुझेर सोहि अनुरुप काम इमान्दारिताका साथ लागी परिरहने चौबिसै घण्टा वडाबासीका समाधानमा लाग्ने प्रतिबद्धता जनाउन चाहन्छुु । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।धन्याबाद







