नमुना वडा बनाउन अहोरात्र खटिरहनुभएको छ, अध्यक्ष अधिकारी
♠ हस्ता विष्ट
९ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष भरत बहादुर अधिकारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष भरत बहादुर अधिकारी वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनु भएको छ ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष भरत बहादुर अधिकारी ।
वडा अध्यक्ष अधिकारी भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष भरत बहादुर अधिकारीले बताउनुभयोे ।
वडाको समग्र विकास गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि वडामा रहेका सामुदायिक विद्यालयमा भवन निमार्ण गर्ने, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृत्रि स्वरुप वडाबाट केहि रकम राहत दिएको उहाँले बताउनुभयो ।
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा निशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य सुविधाहरु उपलब्ध गराईरहेको र स्वयमसेवकहरुलाई कामप्रति उत्साहित गर्नको लागि प्रशिक्षण तालिमको व्यवस्था गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।
यो वडा अरु वडाको तुलनामा कृषिको लागि सम्भाव्य वडा रहेकोले कृषिको क्षेत्रलाई जोड दिदै कृषिलाई व्यवसायमय बनाउनको लागि कृषि सम्बन्धि विभिन्न सेमिनार र उत्कृष्ट कृषकलाई राहत स्वरुप वडाबाट केहि रकम विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” आफ्नो कार्यकालमा वडालाई नमुना वडा बनाउने लक्ष्यका साथ काम अगाडि बढाईरहेको छु । वडाको चौतर्फी विकास गर्नको लागि वडामा सदैब लागि परिरहेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर २४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







