बागमती प्रदेश प्रमुखद्वारा ग्याल्पो ल्होसारको शुभकामना व्यक्त

Share Icon

९ फागुन,मकवानपुर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औँ ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज जारी शुभकामना सन्देशमा उहाँले यस अवसरमा देश तथा देश बाहिर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना गर्नुभएको हो ।

प्रदेश प्रमुख शर्माले यस पर्वले नयाँ उत्साह र उमङ्ग छर्दै आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो राष्ट्र थप सुदृढ बनाउन सघाउ पुगोस् भन्ने कामनासमेत गर्नुभएको छ । उहाँले नेपाली चाडपर्वले आपसी भाइचारा, सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्न मद्दत पु¥याएको बताउनुभएको छ ।

प्रदेश प्रमुख शर्माले भन्नुभएको छ, “भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण छ । ग्याल्पो ल्होसारजस्ता नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग बनेका छन् ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.