आमसञ्चार प्रतिष्ठानका काम अगाडि बढ्छ : कानुनमन्त्री जिसी

Share Icon

१३ माघ, कर्णाली। कर्णाली प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आमसञ्चार प्रतिष्ठानका काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य स्व त्रिभुवन पौडेलको १३औँ दिनको पूण्य तिथिको अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा दिवङ्गत पौडेलको आत्माको चिरशान्तिको कामना गर्दै उहाँको सपना र बाटोलाई अँगालेर जान पत्रकारलाई आग्रह गर्नुभयो ।

सो क्रममा उहाँले अहिलेसम्म रोकिएको आमसञ्चार प्रतिष्ठानको काम अगाडि बढ्ने, घाइतेको लागि निःशुल्क बीमा र संरक्षण कोष खडा हुने बताउनुभयो ।

त्यस्तै, अहिलेको प्रविधि उपयोग गरी प्रदेशस्तरीय सुरक्षा योजना निर्माण गरिने उहाँले जनाउनुभयो । कानुनमन्त्री जिसीका अनुसार प्राकृतिक विपत्तिका कारण मानवीय क्षति हुन नदिन विपद् व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना बनाउनेछ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.