Share Icon

१० माघ काठमाडाैँ । पछिल्लो समय दोलखा जिल्ला स्थीत जिरी नगरपालिका वडा नं.७ ले विकासको फड्को मारिहेको छ ।

गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा जिरी नगरपालिका वडा नं.७ को अध्यक्ष पदमा शान्त नेपाली निर्वाचित हुनुभएको छ ।

जिरी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नेपालीले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहनु भएको छ ।

उहाँ स्थानिय तहकाे निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

पछिल्लो समय वडा नम्बर ७ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडामा सडक, खानेपानी र सिचाईलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष नेपालीले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “हामीले यो वर्ष लक्षीत वर्गहरुलाई कुनै पनि कार्यक्रम राखेका छैनौँ र आउँदो वर्षहरुमा हामी सघं तथा प्रदेशसँग समन्वय गरेर कार्यक्रमहरु राख्ने छौँ ।”

शिक्षा क्षेत्रकोलागी वडामा रहेका पाँच वटा प्राइमरी विद्यालयहरुमध्ये दुई वटा विद्यालयहरुलाई जोडेर एउटा आधारभुत विद्यालय बनाउने र बाँकी रहेका प्राइमरी विद्यालयहरुमा अंग्रजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अघि समाज सेवा तथा सघं संस्थहरुमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

अध्यक्ष नेपाली भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon