Share Icon

 १० माघ, काठमाडाैं । गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका वडा नम्बर ४ मा अहिले विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन ।

चुमनुव्री गाउँपालिका वडा नम्बर ४ भौगोलिक हिसाबले बिकट क्षेत्र भएकोले विकास निमार्णका कामहरु गर्न कठिनाई भएको वडा अध्यक्ष पेमा ग्यलपो लामाले बताउनुभयो ।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । पुर्व अध्यक्षका आधा अधुरा कामहरु सम्पन्न गर्दै नयाँ योजना तथा कार्यक्रमहरु सुचारु गरिरहेका छौ ।

त्यस्तै वर्षातको समयमा बाटो सडकमा अबरुद्ध आएको थियो, उक्त बाटो सडकको मर्मत सम्भार गर्ने काम सम्पन्न भएको छ । त्यस्तै बाटो सडक हिलाम्मे भएर हिडडुल गर्न गारो भईरहेको थियो ,उक्त ठाउँमा पुल निमार्ण गरिएको छ ।

त्यस्तै खानेपानिलाई पहिलो प्राथमिकता दिदै घरघरमा धारा पुराउने लक्ष्यका साथ काम तिब्ब्र गतिमा अगाडि बढाई रहेका छौ ।

शिक्षाको क्षेत्रमा गुणस्तरीय शिक्षाको लागि बालबच्चाहरुलाई विहान १० बजे देखि साझ ४ बजे सम्म विद्यालयमै राखेर खानाको व्यवस्था गरेका छौ ।

त्यस्तै बाटो सडकलाई स्तरउन्नति गर्दै ढल निकासाको लागि काम गर्ने योजनामा रहेको छ । स्वास्थ्य क्षेत्रको लागि वडामै स्वास्थ्य चौकी स्थापना गरि तिन वटा स्वास्थ्य दरबन्दि राखेर निरन्तर स्वास्थ्य सेवाहरु प्रवाह गरिरहेका छौ ।

त्यस्तै स्रोत साधनको कमि भएकोले केहि बजेटकोलागि विभिन्न संस्था एनजिवो,आईएनजिवोसंग सहकार्य,समन्वय गर्दै विकास निमार्ण कामहरु सम्पन्न गर्ने योजनामा रहेको छ । त्यस्तै वडामा झोलुङगे पुलको निमार्ण कामहरु तिब्ब्र गतिमा भएको छ ।

त्यस्तै उहाँले भन्नुभयो, वडाबासीहरुले काम गर्नको लागि निकै नै साथ सपोर्ट गरेको हुदाँ काम गर्नको लागि कुनै कठिनाई नभएको जानकारी दिनुभयो ।

वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन, उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेका छौ । वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि परेका छौ ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानु हुन्छ । वडा नम्बर ४ प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon