सगरमाथाको ४ नम्बर क्याम्प पुग्दा ‘चिनियाँ टाइम’ परिवर्तन (भिडियाेसहित)

Share Icon

काठमाडाैं । सगरमाथाको ४ नम्बर क्याम्प पुग्दा नेपाली समय फेरिएर ‘चिनियाँ टाइम’ देखाउने हुने गरेको आरोहीहरुले बताएका छन् । केही दिनअघि भएको एक कार्यक्रममा आरोही पासाङ टेन्डी शेर्पाले चिनियाँ समय देखाउँदा आफूहरुलाई समस्या परेको बताएका हुन् ।

गत बुधबार राजधानीमा भएको ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा बोल्दै इन्टरनेशनल फेडरेसन अफ माउन्टेन गाइड्स एसोसिएसन (आईएफएमजीए) का माउन्टेन गाइड तथा ट्रयाक नेपालका संस्थापक शेर्पाले सगरमाथामा गुगलले चीनको समय देखाउने गरेको भन्दै दुःख व्यक्ति गरेका हुन् ।

‘सरकारलाई म के पेस गर्न चाहन्छु भने, सगरमाथा ४ नम्बर क्याम्प, त्यो त हाम्रो नेपालमा पर्छ नि । त्यहाँ पुनेबित्तिकै आइफोनमा पनि घडीमा पनि अटोमेटिक टाइम चेन्ज भएर चाइनाको टाइम दिन्छ हेर्नुस् । अब यो हाम्रो नेपालमा चढेको हो कि चाइनामा चढेको हो ? मलाई त्यो कुरामा अत्ति दुःख लाग्यो,’ शेर्पाले भने ।

उनले समय फेरिँदा आरोहणमा समस्या पर्ने गरेको बताए । ‘माथिको रियल न्युज सरकारलाई बुझाउनु हाम्रो कर्तव्य हो । यो टाइम चेन्जले हिमालमा अझ खतरा हुन जान्छ । हामी १–डेढ घन्टाको वेदर फोरकास्ट हेरे जाने हो नि । यसमा चाहिँ सरकारको ध्यान जान्छ भन्ने आशा छ,’ उनले भने ।

उनले आरोहीहरुलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताए । ‘आरोहीलाई बचाउने अभियान चलाउनुपर्छ । आरोहीहरु विदेशिने र यो क्षेत्रलाई परित्याग गरेर बस्ने अवस्था आएको छ । हामी सरकारलाई पूरा सपोर्ट गर्न तयार छौं । सरकारले पनि हामीलाई सपोर्ट गर्नुप¥यो,’ शेर्पाले भने ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.