चीन । चीनको तथ्याङ्कीय अधिकारीहरूले अनुगमन गरेका अधिकांश पुँजीगत वस्तुहरूमा फेब्रुअरीको अन्त्यको तुलनामा मार्चको सुरुमा उच्च मूल्य देखिएको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ ।
स्टिल ट्युब, पेट्रोल, कोइला, मल र केही रसायनसहित नौ श्रेणीमा वर्गीकरण गरिएका ५० प्रमुख वस्तुमध्ये २७ वस्तुमा यस अवधिमा उच्च मूल्य देखिएको, २१ वस्तुको मूल्य घटेको र दुई उत्पादनको मूल्य यथावत रहेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ ।
यस अवधिमा सुँगुरको मासुको मूल्य ४.४ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।
हरेक १० दिनको अन्तरालमा सार्वजनिक हुने यो तथ्याङ्क देशभरका ३१ वटा प्रान्तीय स्तरका क्षेत्रका करिब दुई हजार थोक बिक्रेता तथा वितरकको सर्वेक्षणमा आधारित छ । रासस
Facebook Comments Box
Related posts:

फिलिपिन्सद्वारा आफ्ना मछुवाहरुलाई चीन नियन्त्रित स्थानमा उपस्थिति कायम राख्न आग्रह

आँखाको सर्जरी गरिरहँदा चिनियाँ सर्जनले बिरामीको टाउकोमा मुक्का हानेपछि...

बीआरआईका कारण वातावरणीय जोखिम उच्च

वेस्ट बैंकमा विद्रोही लक्षित इजरायली आक्रमणमा ११ जना प्यालेस्टाइनीको मृत्यु, १०० घाइते

