अस्ट्रेलियाका सांसदलाई चिनियाँ कम्पनीको चन्दा

Share Icon

काठमाडौं । एक जना अस्ट्रेलियाली सांसदले चिनियाँ कम्पनीबाट १ हजार २७० डलर लिएपछि विदेशी दाताले अस्ट्रेलियाको राजनीतिमा प्रभाव पार्ने जोखिम बढेको भन्दै विवाद सुरु भएको छ ।

दी न्युयोर्क टाइम्सको अनलाइन संस्करणमा बुधवार उल्लेख भएअनुसार विपक्षी लेबर पार्टीका सांसद साम दस्त्यारीले गत साता संसद्मा बुझाएको विवरणमा टप एजुकेसन इन्स्टिच्युट नामक चिनियाँ कम्पनीबाट लिएको पैसा भ्रमणमा खर्च गरेको उल्लेख गरेका थिए । त्यसपछि विदेशी कम्पनीले राजनीतिक प्रभाव पार्न चन्दा दिने गरेको विवाद चर्केको थियो ।

उनले मंगलवार पत्रकार सम्मेलन गरेर उनले चन्दा लिएकोमा क्षमा याचना गर्दै राष्ट्रिय तथा सार्वजिनक हितविपरीत आफूले केही नगरेको बताएका छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.