नेपाल तेस्रो देशका नागरिकहरूको अखडा बन्यो : सांसद पन्त

Share Icon

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय नागरिकलाई सिमा नाकामा कडाइ गर्नुपर्ने धारणा राखेका छन् ।

आजको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै उनले भातरसँगको सिमा व्यवस्थित गर्नुपर्ने बताए । उनले भने–‘खुल्ला सीमा व्यवस्थित गर्नुस् । भारतले हाम्रा नागरिकलाई कडाइ गर्दा हामी किन नसक्ने ?’

सांसद पन्तले नेपाल तेस्रो देशबाट आएर बसोबास गर्ने मानिसहरूको अखडा बन्दै गएकोमा पनि असन्तुष्टि पोखे ।

उनले रोहिङ्गा शरणार्थीको विषय पनि बैठकमा उठाए । उनले भने–‘यथार्थ जानकारी होस् । भारतसँगको सीमा व्यवस्थित गर्नुस् । किन भने नेपाल जो पनि आएर बस्ने ठाउँ भयो । रोहिंगाको विषय प्रमाणसहित आइरहेको छ । तेस्रो लिंगीहरू जसले लुट्छन् । उनीहरू नेपाली होइनन् ।’

यो मुलुकमा जो आएर जे पनि हुने हो ? भन्ने प्रश्न गर्दै उनले पाकिस्तानी महिला नेपालको बाटो प्रयोग गरेर भारत जादा हंगामा भएको पनि स्मरण गरे ।

सांसद पन्तले विमानस्थलमा पछिल्लो समय घएको घटनाबारे पनि प्रश्न गरे । विमानस्थलमा देखिएको दृष्यले राष्ट्रिय अन्तर्राष्ट्रिय बेइज्जत भएको भन्दै प्रहरीलाई मात्र कारबाही भएको तर कर्मचारीलाई नभएको बतउँदै उनले भने–‘जबकी कर्मचारीले हात हाल्न थालेको देखिन्छ ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.