काठमाडौं । इटाली चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सहभागी नहुने भएको छ। प्रधानमन्त्री जोर्जा मलोनी प्रशासनले चीनलाई बीआरआई परियोजनामा सहभागी नहुने जानकारी गराएको हो । बीआरआई परियोजनामा सहभागी हुने समयसीमा समाप्त हुनुअघि नै इटालीले हात झिकेको हो ।
व्यापार र भौतिक पूर्वाधारमा केन्द्रित भएर इटालीले बीआरआईमा सहभागी हुने सम्झौता गरेको थियो । इटाली परियोजनामा सहभागी हुने एक मात्र जी-७ देश हो । इटालीले सन् २०१९ मा बीआरआईमा सहभागी हुने सम्झौता गरेको थियो । सम्झौताको अमेरिकालगायतका मुलुकले त्यतिबेला नै आलोचना गरेका थिए ।
सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले घोषणा गरेको बीआरआई परियोजनाअन्तर्गत एसिया र युरोपमा गरी १ ट्रिलियन अमेरिकी डलर लगानी हुने जनाइएको थियझ । परियोजनाअन्तर्गत चीन र युरोपलाई जोड्न विद्यमान रेलमार्ग सुधार तथा नयाँ योजना सुरु गर्ने पनि बताइएको थियो ।
सन् २०१९ मा राष्ट्रपति सीले इटालीमा २० बिलियन युरो लगानी गर्ने बताए पनि त्यसको सानो हिस्सा मात्र लगानी भएको बीबीसीले जनाएको छ । त्यस्तै सन् २०१९ मा १३ बिलियनबराबरको विभिन्न सामान चीन निर्यात गरेको इटालीले गत वर्ष केही बढी १६.४ बिलियन युरोबराबरको निर्यात गरेको छ । अर्कोतर्फ आयात भने बढिरहेको छ । सोही अवधिमा चीनबाट आयात भने ३१.७ बिलियन युरोबाट ५७.५ बिलियन युरो पुगेको छ ।
Related posts:

इजरालयबाट सकुशल उद्धार गरेको भन्दै भारतीय विद्यार्थीले दिए प्रधानमन्त्री मोदीलाई धन्यवाद

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प

बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिनु गल्ती भएको भन्दै हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा
![गोली हानी यसरी गरियो उत्तर प्रदेशका पूर्वसांसदको हत्या [हेर्नुस् भिडिओ]](https://wadaakhabar.com/wp-content/uploads/2023/04/murd_O9m7eV8F8l-150x150.jpg)
गोली हानी यसरी गरियो उत्तर प्रदेशका पूर्वसांसदको हत्या [हेर्नुस् भिडिओ]

