स्वास्थ्य क्षेत्रमा दक्ष कर्मचारीकाे अभावः अध्यक्ष दुर्गा राई

Share Icon

१९ असाेज, काठमाडाैं । माहाकुलुङ गाउँपालिका नेपालका ७ सय ५३ स्थानीय तहमध्ये एक हो ।

यो प्रदेश नं‍. १ को सोलुखुम्बु जिल्लामा पर्छ । तत्कालिन बुङ, छेस्काम र गुदेल गाविस समेटेर माहाकुलुङ गाउँपालिका बनाइएको हाे । मेरापिक, सिलुछो डाँडा, केन्पा डाँडाको तीनतिर सीमा रहेको यो गाउँपालिका ६४८.०५ वर्ग किलो मिटरमा फैलिएर २७‌.३७’ देखि २७‌.६२’ उत्तरी अक्षांश र ८६.५०’ देखि ८६.८४’ पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।

वि.सं. २०६८ को जनगणना अनुसार ११ हजार ४ सय ५२ जनसंख्या रहेको यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सीमाना पूर्वमा संखुवासभा जिल्ला, पश्चिममा खुम्बु पासाङल्हामु र सोताङ गाउँपालिका, उत्तरमा खुम्बुपासाल्हामु गाउँपालिका तथा दक्षिणमा खोटाङ र भोजपुर जिल्लासँग जोडिएको छ ।

२७ फाल्गुन २०७३ मा स्थापित यस गाउँपालिकाको केन्द्र साविकको बुङ गाविस कार्यालयमा राखिएको छ । किरात, बौद्ध र हिन्दु धर्मावलम्बीहरुको बसोबास रहेको यहाँ किरात समुदायको बाहुल्यता रहेको छ ।

माहाकुलुङ गाउँपालिका-३ का वडा अध्यक्ष दुर्गा बहादुर राईले युवा वर्ग विदेश र मुख्य शहरमा गएका कारणले बारी बाँजाे रहेकाे बताउनुभएकाे छ । उहाँले वडा खबरसँग कुरा गर्दै एउटा मावि र सात वटा आधारभूत सामुदायिक विद्यालय वडामा रहेकाे बताउनुभएकाे हाे। सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तरकाे सुधार गर्ने प्रयास भइरहेकाे उहाँले बताउनुभयाे । स्वास्थ्य क्षेत्रमा दक्ष कर्मचारीकाे अभाव रहेकाे पनि उहाँले बताउनुभयाे ।

युवा लक्षित राेजगारीका लागि याेजना भइरहेकाे पनि उहाँकाे भनाइ छ। पर्यटकीय क्षेत्रलाई अघि बढाउने  पहल भइरहेकाे उहाँले बताउनुभयाे । खानेपानीकाे काम ६० प्रतिशत सम्पन्न् भएकाे उहाँकाे भनाइ छ। दूधकाेशी खाेलाकाे पुल बाढीले बगाएका कारण सडक संचालनमा समस्या भएकाे उहाँले बताउनुभयाे ।

साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम भइरहेकाे उहाँले बताउनुभएकाे हाे । कृषि क्षेत्रमा परम्परागत तरिकाले नै खेती  लगाउने गरिएकाे पनि उहाँले बताउनुभयाे ।

जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ । साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ३ लाई पालिकाले ८० लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे। बजेट अभावका  कारणले विकास निर्माणका याेजनाहरू पूरा गर्न कठिनाइ हुने पनि उहाँकाे भनाइ छ ।

अन्त्यमा निर्वाचनकाे समयमा जनताकाबीचमा गरेका प्रतिवद्धता पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष राईकाे दावी छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.