सुन तस्करी काण्ड: उच्चस्तरीय जाँचबुझ आयोग गठन

Share Icon

काठमाडौं । नेपाललाई मुख्य ट्रान्जिट बनाएर नेपालसहित विभिन्न मुलुकमा अवैध सुन कारोबार गर्ने तस्करहरूको छानबिन र कारबाहीका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगलाई सुन तस्करीको छानबिन तथा जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो ।

आचार्य नेतृत्वको समितिमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देक किशोरजंग कार्की, पूर्व सहसचिव प्रेमराज जोशी र नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक सहकुल थापा सदस्य रहेका छन् । गत साउन २ मा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चेकजाँच गरी ६० किलो ७ सय १६ ग्राम सुन बाहिरिएपछि सुन तस्करीको मुद्दाले ठूलो हंगामा मचाएको हो ।

उक्त सुन तस्करी र त्यसअघि इलेक्ट्रिक चुरोट भेपमा लुकाएर ल्याएको सुनलाई लिएर सरकारसम्बद्ध दलका केही सांसदहरू र प्रमुख प्रतिपक्षी दलले उच्च स्तरीय जाँचबुझ आयोग गठनको माग गर्दै निरन्तर सदन अवरुद्ध गरेका थिए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.