Share Icon

९ असाेज, काठमाडाैं । नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने एक हिमाली जिल्लाको रुपमा परिचित दोलखा जिल्लाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले एक महत्वपूर्ण स्थान हो ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँपालिका प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जातजाति, धार्मिक एकताको धरोहरका रुपमा समेत परिचित हाे । यस मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो । यहाँबाट धार्मिक तथा प्राकृतिक सौन्दर्यको संगमस्थलस् शैलुङडाँडा करिब ५ घण्टाको पदमार्ग पार गरेपछि पुग्न सकिनुका साथै नजिकै रहेको जलविद्युत विकास नमूनाको रुपमा निर्मित खिम्ती जलविद्युत आयोजनाको समेत सजिलै अवलोकन गर्न सकिन्छ ।

साबिकको मेलुङ, भेडपु, डाँडाखर्क, घ्याङसुकाठोकर र पवटी गाविसहरु मिलाएर बनाईएको मेलुङ गाउँपालिकाको पूर्वमा तामाकोसी गा.पा, पश्चिममा सैलुङ गा.पा.र रामेछाप जिल्ला, उत्तरमा सैलुङ गा.पा. तथा दक्षिणमा रामेछाप जिल्ला पर्दछ । यस गाउँपालिकालाई सातवटा वडाहरुमा विभाजन गरिएका छ ।

साविकको घ्याङ सुकाठोकर गा.बि.स.वडा नं १ देखि ४ लाई मेलुङ गाउँपालिकाको वडा नं २ बनाइएको छ। जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या १ हजार ८ सय ९१ रहेको छ । यस वडा कूल ६.१९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस वडाको वडा कार्यालय कालिका मावि.सुकाठोकर नजिकै रहेको छ ।

मेलुङ गाउँपालिका-२ का वडा अध्यक्ष राम कृष्ण भण्डारीले जनताकाे  जीवनस्तरलाई आर्थिक रूपमा माथि उठाउने याेजनामा लागि परेकाे बताउनुभएकाे छ ।

विशेष गरेर कृषि क्षेत्रलाई पहिलाे प्राथमिकता दिएकाे उहाँले बताउनुभएकाे हाे । अब २ महिनाभित्रमा डेरी संचालन हुने पनि उहाँले बताउनुभयाे । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा नै काम भइरहेकाे पनि उहाँले बताउनुभयाे ।

पर्यटन र शिक्षा क्षेत्रलाई अझ व्यवस्थित गर्ने याेजना रहेकाे उहाँले बताउनुभयाे  । यस वर्ष खानेपानीकाे डेढ कराेडकाे याेजनाकाे निर्माण हुने पनि उहाँले बताउनुभयाे । साथै आर्थिक वर्ष २०८०/ ०८१ को बजेट मार्फत वडा नम्बर २ लाई पालिकाले ५०  लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे ।

आर्थिक विकास नभएका कारण जनतामा चरम असन्तुष्टि भएकाे उहाँकाे भनाइ थियाे । निर्वाचनकाे समयमा जनताकाबीचमा गरेका प्रतिवद्धता पूरा गर्ने उहाँकाे दावी छ ।

 

 

Facebook Comments Box

Share Icon