बौरिंदै उत्तरको मुख्य तातोपानी नाका
सिन्धुपाल्चोक । नेपाल प्रवेश गर्न लामवद्ध चिनियाँ पर्यटक किनमेलको लागि तिब्बत छिर्न मितेरी पुलमा तैनाथ नेपाली तिब्बती क्षेत्र खासा र रमितेबाट नेपालतिर झर्दै गरेका सामाग्रीले भरिएका कन्टेनर व्यस्त छन् ।
अध्यागमन कार्यालय सुख्खा बन्दरगाह भन्सारमा उस्तै चहलपहल रहेकाे छ।सामाग्रीले भरिएको भन्सार यार्ड सामाग्री लोडरअनलोड गर्न खटिइरहेका मजदुर जाँचपास लगायत प्रशासनिक काममा मस्त कर्मचारी सामाग्री छुटाउन पुगेका व्यापारी र उनीहरुका प्रतिनिधिले भन्सार परिसर पनि खचाखच छ।
चीनसँग व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाकामा भदौयता दैनिक देखिन थालेको याे दृश्य हो । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र लगत्तै अर्को वर्ष निम्तिएको भोटेकोसी बाढीले खण्डहर बनाउँदा लामो समय मसानघाट जस्तै सुनसान, चकमन्न बनेको यो नाका बैरिन थालेको छ।
व्यापारदेखि मानवीय आवागमनसम्मै सबै गतिविधि ठप्प हुँदा गुमनाम बन्न पुगेको नाका क्रमशः गुल्जार बन्दै गएकाे छ ।
यो समाचार आजकाे नागरिक दैनिकमा प्रकाशित छ ।







