काठमाडौं । सरकारले ५० हजार मेट्रिक टन चिनी माग्दै भारत सरकारलाई पत्र लेखेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीका अनुसार ५० हजार मेट्रिक टन चिनी समेत माग गरिएको हो ।
उनका अनुसार दशैं, तिहार, छठ लगायतका चाडपर्वको समयमा चिनी अभाव हुन नदिन सरकारले भारत सरकारसँग चिनी माग गरेको हो ।
‘जी–२० सम्मेलनका कारण नेपालले गरेको पत्राचारको बारेमा हेर्न नपाइएको अनौपचारिक जानकारी आएको छ’ सचिव मरासिनीले भनेका छन् ।
साथै, १ लाख मेट्रिक टन चामल र १० लाख मेट्रिक टन धान माग गरिएको उनले जानकारी दिए ।
Facebook Comments Box
Related posts:

थाइल्याण्डका प्रधानमन्त्रीद्वारा संसद विघटन, छिट्टै निर्वाचनको घोषणा गरिने

न्यूयोर्क टाइम्समा पोखरा विमानस्थलकाे अनियमितता बारे समाचार प्रकाशित भएपछि अख्तियार थाल्याे अनुसन्धा...

अमेरिकी इतिहासकै खतरानाक जासुस भनेर चिनिएका रोबर्ट ह्यान्सन मृत फेला

चीनमा भीषण बाढी : ५ उद्धारकर्मीसहित ३८ को मृत्यु

