Share Icon

एजेन्सी । पोल्याण्डले युक्रेनलाई पोल्याण्डले हतियार आपूर्ति नगर्ने घोषणा गरेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनलाई हतियार दिने प्रमुख राष्ट्र रहेको पोल्याण्डले अब हतियार दिन नसक्ने बताएको हो । पोल्याण्डले युक्रेनका राजदूतलाई बाेलाएर अब आफ्नै सुरक्षाका लागि हतियार राख्नुपर्ने भन्दै हतियार उपलब्ध गराउन नसक्ने बताएको हो ।

पोल्याण्डले अहिलेसम्म ३ सय २० वटा सोभियतकालीन ट्यांक र १४ वटा मिग–२९ युद्धक विमान युक्रेन पठाइसकेको छ । रुसले कृष्णसागर हुँदै युक्रेनी खाद्यान्न निकासीमा रोक लगाएपछि पोल्याण्ड, हंगेरीलगायत पूर्वीयुरोपका देशहरुमा खाद्यान्न संकट बढेको छ ।

जसका कारण पोल्याण्ड युक्रेनलाई थप हतियार दिनबाटपछि हटेको विश्लेषण गरिएको छ । युद्धमा ऐक्यवद्धता जनाएको देश पोल्याण्डको निर्णयले आफूलाई झड्का लागेको युक्रेनका राष्ट्रपति भोलोडिमीर जेलेन्स्कीले बताउनुभएको छ ।

Facebook Comments Box

Share Icon