सरकार र आन्दोलनरत शिक्षकको वार्ता निष्कर्ष विहीन
४ असाेज,काठमाडाैं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरूद्धमा आन्दोलनमा उत्रिएका शिक्षकहरुसँग सरकारले वार्ता सुरु गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलनरत शिक्षकहरुबीच सिंहदरबारमा बिहीबार बिहान छलफल भएकाे हाे । यद्यपी गृहमन्त्रीसँगको वार्ता निष्कर्ष विहीन भएको छ । वार्तामा शिक्षामन्त्रीको समेत सहभागिता रहेको थियो । छलफलमा कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्नेकुरा गरिएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
छलफलमा गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गर्नुभएको उहाँले बताउनुभयो । उहाँले आन्दोलन बानेश्वरबाट माईतीघरसम्म हुने बताउनुभयो । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी र स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।
साेही माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी समेत दिएको छ ।







