भीमदत्त नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

Share Icon

३ असोज,कञ्चनपुर। भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरण गर्ने कार्यमा रोक लगाएको छ । नगरपालिका क्षेत्र भित्रका नदी, खोला लगायतबाट अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ ढुङ्गा, बालुवा, गिट्टी, ग्राभेल र माटो उत्खननमा रोक लगाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीका अनुसार महाकाली नदीको हकमा इआइएको कार्य सुदूरपश्चिम प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अध्ययनका क्रममा रहेको छ ।

महाकाली नदीबाहेक अन्य नदी तथा खोलाहरुको हकमा आइइइ रिभ्युका क्रममा रहेकाले हाललाई नदीजन्य पदार्थको उत्खनन सङ्कलन र बिक्री वितरणका लागि ठेक्का बन्दोबस्तको कार्य गर्न केही समय लाग्ने भएकाले अर्को निर्णय नहँुदा सम्मका लागि रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत गौलीको भनाइ रहेको छ ।

बहुउद्देश्यीय कभर्डहल निर्माण अगाडि बढाइयो

दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–१० झलारीमा बहुउद्देश्यीय कभर्डहल निर्माणको अगाडि बढाइएको छ । नगरपालिकाले रु दुई करोड ३४ लाख ८८ हजार एक सय एक को लागतमा कभर्ड हल निर्माण गर्न लागेको हो । निर्माणका लागि एसएनएम जयलक्ष्मी जेभी नेपालगञ्जसँग ठेक्का सम्झौता गरिएको र चालु आवको असार मसान्तभित्र कभर्ड हल निर्माण गरिसक्ने लक्ष्य लिइएको छ ।

पाँच सय वर्गमिटर क्षेत्रफलमा कभर्ड हलका संरचना निर्माण गरिने छ । कभर्ड हलको लम्बाइ २८ दशमलव ४५ मिटर र चौडाइ १७ दशमलव ९५ मिटर रहने छ ।

कभर्ड हलमा डबल ब्याटमेन्टिन कोर्ट, डे«ेसिङ रुम, स्नानघर, शौचालयसँगै प्यारापिट निर्माण गरिने नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीले बताउनुभयो । उहाँका अनुसार इन्डोरका सबै प्रकारका खेलहरु खेलाउन सक्ने गरी कभर्ड हलको डिजाइन गरिएको छ ।

“माटो परीक्षणको नतिजाका आधारमा कभर्ड हलको संरचना निर्माण हुन्छ,” उहाँले भन्नुभयो, “गुणस्तरीय निर्माणका लागि निर्माण व्यवसायीले प्रतिबद्धता व्यक्त गरेका छन् ।” कभर्ड हल सनवोरा नदी नजिकैको जोखिमयुक्त क्षेत्रमा बनाइन लागेको जनाउँदै यस क्षेत्रका खेलकुद सम्बद्ध व्यक्तिहरुले असन्तुष्टिसमेत व्यक्त गरेका छन ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.