मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

Share Icon

१ असोज भोजपुर। नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।

यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो । टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा करिब ७२ लाख रूपैयाँकाे लागतमा सूचना केन्द्र निर्माण भइरहेको छ ।

यस आवमा पनि प्रदेशका ६५ प्रतिशत र गाउँपालिकाको ३५ प्रतिशत लागतमा भवनलाई पूर्णता दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिनुभयो । आधा रोपनी क्षेत्रमा निर्माण भइरहेको सूचना केन्द्रबाट आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षित पदयात्राका लागि सूचना प्रदान गरिने उहाँको भनाइ छ ।

“मुन्दुम पदमार्ग नेपालकै एक स्थापित पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ”, उहाँले भन्नुभयो, “यो पदमार्गमा धेरैको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ । आउने पर्यटकलाई आवश्यक सूचना प्रदान गर्नका लागि प्रदेश सरकारसँगको सहकार्यमा पर्यटन सूचना केन्द्र निर्माण गरिरहेका छौँ ।”

 

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.