शिक्षालाई पहिलाे प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष महतो
२०पाैष, काठमाडाैं । जानकी गाउँपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा रहेको छ । यस गाउँपालिकामा साविकका दुर्गौली, जानकीनगर, मुनुवा र पथरैया गरि ४ ओटा गा.वि.स. समावेश गरि ९ वटा वडा कायम गरिएको छ ।
यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ।विकासको सम्भावना बोकेको जानकी गाउँपालिकास्थित वडा नम्बर ७ काे पनि आफ्नै बिशेषता रहेकाे छ ।
आफूले सदबै यस वडाको चौतर्फि विकासमा ध्यान दिने प्रतिबद्धता वडा नम्बर ७ का अध्यक्ष कमल महतोले वडा खवरसंग कुरा गर्ने क्रममा व्यक्त गर्नुभएको छ। उहाँले पुराना योजनाहरु लगभग काम गरेर सकेको बताउनुभयो।
उपभक्ता समिती गठन गर्ने प्रतिक्रियामा रहेको जनकारी दिनुभयो। वडामा शिक्षा, स्वास्थ्य, कृषी, खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिनुभयाे। बाटो कालाेपत्रे योेजनाका साथै ग्राबेल गर्ने रहेकेाे उल्लेेख गर्नुभयाे ।
शिक्षाको महत्वका बारेमा चेतना बढाएर विद्यालय जाउँ जाउँ लाग्ने वातावरण तयार पार्ने बताउनुभयो। शिक्षालाई पहिलो योजनामा समेटेको समेत उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, ‘कृषिलाई आधुनिकरण गर्ने र स्वस्थ्य क्षेत्र सबैको पहुचमा पु-याउने मेरो योजना छ । अब काम तिब्र गतिमा अगाडि बढाउने छु।’
यी योजनाहरुलाई आर्थिक बर्ष भन्दा पहिले सक्ने योजना रहेको माग अनुरुप योजना पास भएको छ । यस वडामा कृषि, व्यापार, प्राकृतिक साेत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका समेत अध्यक्ष महताे बताउनुभयाे ।
कृषी कार्यलाई प्राथमिकताका राखेर आर्थिक समृद्धि गर्ने र वडामा विषेश गरी अन्नबाली लगाउँदै आएकाे साथै यस वडामा अन्नबालिकाे उत्पादन राम्रो र बढी हुने र वडामा कृषि पेसामा संलग्न धेरै जनसंख्या रहेकाेले पनि वडाले किसानलाई प्राथमिकतामा राखेर व्यवसायीकरण गर्न लागि परेकाे बताउनुभयाे ।
यस वडामा तरकारीको राम्रो सम्भावना रहेको हुनाले पनि युवालाई कृषि क्षेत्रमा आकर्षित गर्नका लागि थुप्रै कार्यक्रम सञ्चालनमा जोड दिएको वडा अध्यक्ष कमल महतोले बताउनुभयो । ‘कृषि क्षेत्रलाई राम्रो बनाउन सकेमा व्यवसायिकरण गर्न समेत जनकारी दिनुभयो ।
५ बर्ष भित्र वडाकाे योजना के छ ?
५ वर्षमा हामीले हाम्रा क्षेत्रबाट कोही पनि बिद्यार्थिहरु बहिर नजाउन भनेर योजनाहरु बनाउँदै छौँ । कृर्षिलाई प्राथमिकतामा राखेर व्यवसायिककरण गर्ने योजना समेत राखेको अध्यक्ष कमल महतोले बताउनुभयो ।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साेधेको प्रश्नमा उहाँको उत्तर ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो। जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो ।
जुनविश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराशहुन दिने छैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्यभोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रतिविश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







