चीनले उच्च बेराेजगारीकाे सामना गर्दै

Share Icon

एजेन्सी । कोभिड-१९ महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाले उच्‍च बेरोजगारीको सामना गर्नुपरेको छ।

न्युयोर्क टाइम्सका अनुसार उनीहरू पेशागत र भावनात्मक रूपमा संघर्ष गरिरहेका छन्। यद्यपि, राष्‍ट्रपतिसी जिनपिङले युवालाई आफू सामान्य काम गरिरहेको छु वा ग्रामीण इलाकामा जाँदैछु भन्‍ने सोच्न छोड्न आग्रह गरेका छन्। ‘युवाले कठिन समयसँग जुध्‍न सिक्नुपर्छ,’ सीले भने।

द न्युयोर्क टाइम्सका अनुसार अब सरकारले उनीहरूलाई कठिनाइहरू सहन भनिरहेको छ। गत वर्षको जुनमा स्‍नातकोत्तर गरेकी ग्लोरिया ली जागिर पाउन भौतारिरहेकी थिइन्। उनले भनिन्, ‘हामीलाई तिक्ततासँग जुध्‍नु भनेको छलजस्तै हो, हामी बिनाशर्त आफूलाई समर्पित गर्नेछौं र उनीहरू आफैंले गर्न नचाहेको काम गर्नेछौं तर रोजगारीको सहजता सुनिश्‍चत हुनुपर्छ।’

न्युयोर्क टाइम्सका अनुसार मे महिनामा युवा दिवससम्बन्धी आधिकारिक पिपुल्स डेलीको पहिलो पृष्‍ठको लेखमा सीलाई उद्धृत गर्दै भनिएको छ, ‘जीवनमा सफलताका अनगिन्ती उदाहरणहरूले के देखाउँछ भने युवावस्थामा कटुता बेहोर्नु भनेको इनाम पनि प्राप्त गर्नु हो।’ उक्त लेखमा सीले युवाबाट गरेको अपेक्षाबारे चर्चा गरिएको थियो।

सांस्कृतिक क्रान्तिको दौरान ग्रामीण इलाकामा काम गरेको आफ्नो अनुभव उल्लेख गर्दै राष्‍ट्रपति सीले युवालाई ‘आफैंले भोगेका कष्‍टहरू खोज्‍न’ बारम्बार आग्रह गरेका छन्।

स्वतन्त्र राजनीतिक टिप्पणीकार काई शेन्कुनले ट्विट गरेका छन्, ‘युवाले शान्तिपूर्ण र स्थिर जीवन त्यागेर दुःख भोग्नुपरोस् भन्‍ने उहाँ किन चाहनुहुन्छ?’ यस वर्ष उच्‍च एक करोड १६ लाख स्‍नातकहरू राष्‍ट्रिय जनशक्तिका लागि तयार भएका छन् तर पाँचमध्ये एक युवा बेरोजगार बन्‍नुपर्ने अवस्था आएको छ।

न्युयोर्क टाइम्सका अनुसार चीनको नेतृत्वले बढ्दो समृद्धिको बीचमा हुर्केको पुस्तालाई फरक वास्तविकता स्वीकार्न तयार गराउने अपेक्षा गरेको छ। युवा बेरोजगारी दर चिनियाँ कम्युनिस्ट पार्टीले गम्भीरताका साथ लिएको तथ्यांक हो किनभने निष्‍क्रिय युवाले आफ्नो शासनलाई खतरामा पार्न सक्छन् भन्‍ने विश्‍वास गर्छ।

चिनियाँ नेता माओत्सेतुङले सांस्कृतिक क्रान्तिका क्रममा सीसहित एक करोड ६० लाखभन्दा बढी शहरी युवालाई ग्रामीण क्षेत्रमा श्रम गर्न पठाएका थिए। सांस्कृतिक क्रान्तिपछि यी बेरोजगार युवा शहरमा फर्कनुले पार्टीलाई केही हदसम्म स्वरोजगार वा राज्यको योजनाबद्ध अर्थव्यवस्थाभन्दा बाहिरको रोजगारी अँगाल्न बाध्य बनाएको थियो।
a

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.