वडामा बाटो, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छाैँ : अध्यक्ष क्षेत्री
१२ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित फलेवास नगरपालिका वडा नं. १० का वडा अध्यक्ष अमर क्षेत्रीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
फलेवास नगरपालिका वडा नं. १० मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष अमर क्षेत्री ।
पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष क्षेत्री अहोरात्र खटिरहनुभएको छ ।
वडा अध्यक्ष क्षेत्री भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”
फलेवास नगरपालिका वडा नं. १० मा जम्मा वजेट नगरबाट १ करोड १५ लाख , प्रदेशबाट ५४ लाख र संघबाट ३० लाख वजेट विनियोजन गरिएको वडा अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष क्षेत्री निर्वाचित हुनभन्दा पहिले पाटिको कार्यकर्तामा रहेर काम गरेर संसगै निरन्तर समाज सेवामा गररे अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष क्षेत्रीले बताउनुभयोे ।
वडा अध्यक्ष क्षेत्रीले भन्नुभयो, ‘ वडामा बाटो, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुका साथसाथै बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने र बाटोको ट्रयाक खोल्ने कामहरु भईरहेको छ । ‘
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्ने र आधुनिक शिक्षण प्रणालीहरु लागु गर्न शिक्षक र अभिभावकहरु संग छलफल गर्ने कामहरु गरिरहेको उहाँले बताउनुभयो ।
त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र वडामा बर्थिङ सेन्टरको व्यवस्था गरेको वडा क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँले थप्दै भन्नुभयो, ‘ कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै विभिन्न सिजन अनुसारको विउँ विजन वितरण गरेको, रासायनिक मलहरु वितरण गरेको र तरकारी खेतिको लागि टनेलहरु वितरण गरेका छौ । ‘
उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा घरघरमा खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेका छौ । ‘
त्यसै गरी महिला हरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरु अचार बनाउने र मौरी पालन तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
वडा अध्यक्ष राजु कुवरले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर १० का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १० वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







