टिपरको ठक्करबाट बालिकाको मृत्यु

Share Icon

काठमाडाैं । उदयपुरको वेलका नगरपालिका–४ स्थित लालबजारमा टिपरले किचेर ४ वर्षीया बालिकाको मृत्यु भएपछि रामपुर बजार शनिबार बिहानबाटै तनावग्रस्त बनेको छ।

शुक्रबार दिउँसो तीन बजे लालबजारमा मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करबाट स्थानीय नवराज रानामगरकी चार वर्षीया छोरी एन्जिलाको घटनास्थलमै मृत्यु भएको थियो।

टिपरले किचेर बालिकाको मृत्यु भएपछि स्थानीयको प्रदर्शन गर्दा दिनभर बजार क्षेत्र तनावग्रस्त भएको थियो। उनीहरूले दुईवटा टिपर, एउटा ट्र्याक्टरमा आगजनी गर्नुका साथै दमकल माथि पनि तोडफोड गरेका थिए।

शनिबार स्थानीयहरूले बजार क्षेत्र बिहानैबाट बन्द गर्दा मदन भण्डारी राजमार्ग सूचारु हुन सकेको छैन। अहिले प्रदर्शनस्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका छन्।

घटनाबारे सवारीधनीसँग बिहान छलफल गर्ने भनिएपनि वार्ता हुन सकेको छैन। जसका कारण परिवारले बालिकाको शव पनि बुझेका छैनन्। ठक्कर दिने टिपरका चालक इलाका प्रहरी कार्यालय रामपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.