रेशम चौधरी मुद्दाको आजै फैसला आउने सम्भावना

Share Icon

काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दामा सुनुवाई जारी रहेको छ ।

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका चौधरीको मुद्दा उपर अन्तिम सुनुवाइ हुन लागेको हो ।

उनको मुद्दा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा सुनुवाई भइरहेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार मुद्दा किनाराको अन्तिम चरणमा रहेकाले आजै फैसला आउने सम्भावना छ ।

टिकापुर घटनामा चौधरी लगायत ११ जनालाई दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते जन्मकैदको फैसला सुनाएको थियो ।

करिब त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.