राजापुर नगरपालिका वडा नम्बर ६ मा भैंसी पालन सीप विकास तालिम सम्पन्न
२५ बैशाख ,काठमाडाैं । बर्दियाकाे राजापुर नगरपालिका वडा नम्बर ६ मा भैंसी पालन सीप विकास तालिम सम्पन्न भएकाे छ ।
राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुकाे प्रमुख आतिथ्यमा भैंसी पालन सीप विकास पाँच दिने तालिम सम्पन्न भएकाे हाे।
वडा अध्यक्ष असराज न्याैपानेले प्रत्यक्ष आयआर्जन गर्ने खालका रोजगारीमा जाेड्नकाे लागि वडावासीलाई भैंसी पालन सीप विकास तालिम दिइएकाे बताउनु भयाे ।
उहाँले भन्नुभयाे,’दूध, दहि र ध्युमा आत्म निर्भर वडा बनाउने उद्देश्यले तालिम दिइएकाे हाे।’
नगरपालिकाका प्रमुख थारुले सीप मुलक तालिम अहिलेको मुख्य आवश्यता रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘कृर्षि क्रान्ति बिना नगरको आर्थिक उन्नति हुन सक्दैन, त्यसैले कृषिसँग सम्बन्धित सीप सिक्न जरुरी छ।’
उहाले तालिममा सिकेका सीप व्यवहारमा लागू गरी आयआर्जन गर्नुपर्नेमा जाेड दिनुभयाे ।
वडा अध्यक्ष असराज न्याैपाने कार्यक्रमा बाल्दै गरेकाे तस्बिर

तालिममा प्रशिक्षार्थि








