पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो

Share Icon

२२ वैशाख, एजेन्सि । स्टेट बैंक अफ पाकिस्तान एसबीपी ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ ।
गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग ४।५ बिलियन डलरमा झरेको पनि एसबीपीले बिहीबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

वाणिज्य बैंकहरुसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब ६ करोड डलर पुगेको पनि केन्द्रीय बैंकले जनाएको छ । एसबीपीका अनुसार पाकिस्तानमा रहेको कुल तरल विदेशी मुद्रा करिब १० अर्ब डलर रहेको छ।
पाकिस्तानले केही समयदेखि आफ्नो विदेशी मुद्रा सञ्चितिमा कमीको सामना गरिरहेको छ जसले समग्र विनिमय दर र दक्षिण एसियाली देशमा व्यापार र आर्थिक गतिविधिलाई प्रत्यक्ष असर गरिरहेको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.