चालु आर्थिक वर्षमा सतप्रतशित काम गरेर सकेका छौं : वडा अध्यक्ष भण्डारी
२१ बैशाख ,काठमाडौं । सुदूरपश्चिम प्रदेश अछाम जिल्लाको मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । वडा नम्बर १४ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । समाज सेवामा निश्वार्थ लागिरहनु भएका नर बहादुर भण्डारी ले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल हुनुभयो ।
जितेर आएपछि मंगलसेन नगरपालिकामा वडा नम्बर ११ का वडा अध्यक्ष भण्डारी वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएको छ ।
वडा अध्यक्षमा निर्वार्चित हुन भन्दा पहिले ३० वर्षसम्म शिक्षण पेशामा आबद्ध रहनुभएका भण्डारी निरन्तर वडाका गतिबिधि तिब्र गतिमा लाग्नुभएकाे छ ।
वडा अध्यक्ष भण्डारी भन्नुभयो, ‘सत प्रतिशत काम यो आर्थिक वर्षको सकेका छौ ।’
मंगलसेन नगरपालिकामा वडामा अहिले बजेट थोरै रहेको र थोरै बजेटमा पनि मिलाएर योजनाहरू अघि बढाइएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाटो, शिक्षा, स्वास्थ, विद्युत, युवाका लागि स्वरोजगार लगायतका समस्याहरुको निराकरणको लागि योजनाहरू अघि बढाइएको छ।’
हामीले वडामा रहेर काम गर्ने सहज नै छ । समग्र समेटेर लागीरहेका छाै । काम गर्नकाे लागी हाे सेवा नै धर्म हाे हामी लागी रहेका छाै । सबैलाई चित्त बुझाउन नसकेला तर निरन्तर उहाँहरूकै पक्षमा लागी रहेका छाै । वडा अध्यक्ष भण्डारीले बताउनुभयाे।
उहाँले हाम्रो वडाले विशेष रूपमा शिक्षा, स्वस्थ्यमा जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुलाई स्थनीय स्वास्थ्य चौकीसँगको सहकार्यमा आवश्यकताअनुसार घरदैलोमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई जोड दिइएको छ।’
उहाँले थप्दै भन्नुभयो, ‘हाम्रो वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन्।’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।
वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।







