Share Icon

विबेक सुनार
रुकुम पुर्व पुथा उत्तरगंगा गाउपालिका वडा नम्बर १ मैकोटमा ईलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि साेमबार शिलान्यास गरिएको छ।

पुर्वी रुकुम जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पाण्डे, पुथा उत्तरगंगा गाउपालिका वडा नम्बर १ का अध्यक्ष बिरमान बिक, इलाका प्रहरी कार्यलय मैकोटका प्रहरी नायब निरीक्षक जयराम बुढाथोकी, प्रहरी सहायक निरीक्षक, मैकोटका स्वास्थ्य ईन्चार्ज पाना पुन लगायत अन्य विशिस्ट व्यक्तिहरुको उपस्थितिमा शिलान्यास गरिएको हाे।

ईलाका प्रहरी कार्यालय निर्माणका लागि ४ करोड बत्तिस लाख बजेटमा ठेकेदार बिरेन्द्र बुढा मगरले १८ महिना भित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएकाे वडा अध्यक्ष बिकले बताउनु भयाे ।

Facebook Comments Box

Share Icon