स्थानीयहरु संगै श्रमदान गर्दै वडा अध्यक्ष राई

Share Icon

१२ बैशाख ,काठमाडाैं । संखुवासभाको सभापोखरी गाउँपालिका  वडा नम्बर २ का वडा अध्यक्ष राज कुमार राई  स्थानीय बासीहरु संगै श्रमदान गर्न जुटनुभएकाे छ ।

गाउँपालिका वडा नम्बर २ स्थित माथिल्लो धुपु सुङनिमा टोल विकास सस्थाका टोल बासीहरुसँग मिलेर श्रमदान गरेको वडा अध्यक्ष राईले जानकारी दिनुभयाे ।

माथिल्लो धुपु वडा कार्यालय हुँदै ज्यामिरे बितलव जाने सडक खण्डमा श्रमदान गरिएको उहाँले बतानुभयाे । गोठगाउ हुदै हरेलो जाने मुख्य सडक मर्मत गरिएको हो।

चालिस रएकचालीस घरको टोल संस्थाको ९० प्रतिशत उपस्थितिमा सबै स्थानियहरु मिलेर सडकमा श्रमदान गरिएको उहाँले बतानुभयाे । सहभागीहरुले बर डाँडा देखि वडा कार्यलय जाने मोटर बाटोमा श्रमदानमा सहभागी भएकोमा वडा अध्यक्ष राईले धन्यबाद दिनुभएकाे छ।

माथिल्लो धुपु सुङनिमा टोल विकास सस्थांका अध्यक्ष जितेन्द राईले भन्नुभयाे ,  धुपु सुङनिमा टोल विकास सस्थाकाे १०० प्रतिशत उपस्थितिमा आगामी दिनमा श्रमदान गर्न जुटने छाै । ‘

वडा अध्यक्ष राईले धुपु सुङनिमा टोल विकास सस्थांका अध्यक्ष जितेन्द राईले लगायतलाई बिशेष धन्यबाद दिनुभएकाे छ ।

वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहएको उहाँको भनाइ छ । उनका अनुसार अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको बतानुभयाे।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.