बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का २ मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाएका छन् ।
प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उनले बताए ।
आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई समेत प्रवेश गर्न नदिएको उनले आरोप लगाए । आफूहरूले हिजो देखि नै बुथ कब्जा हुने जानकारी पाएको र प्रहरी प्रशासनलाई पनि जानकारी गराए पनि उल्टै प्रहरीकै मिलेमतोमा बुथ कब्जा भएको उनको आरोप छ ।
स्थानीय प्रशासनले भने कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा नभएको र शान्तिपूर्वक मतदान भइरहेको जानकारी दिएको छ ।
Facebook Comments Box
Related posts:

राप्रपाले कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

विचारः संवेदनशील ऐक्यबद्धता र प्रतिबद्धता

फाेहर व्यवस्थापन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री

स्वास्थ्य मन्त्री बन्ने तयारीमा रहेकी डा. ताेसिमा कार्कीलाई कसले राेक्न खाेज्दै छ ?

