नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

Share Icon

७ वैशाख, काठमाडौँ ।   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ सय चार दशमलव ४० मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७९ अङ्कले ओरालो लागेर तीन सय ६३ दशमलव १२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह शेयर मूल्यमा गिरावट आएको छ ।

बुधबार वृद्धि आज कायम हुन नसक्दा कारोबार रकममा पनि कुनै वृद्धि भएन । कूल ३२ लाख नौ हजार दुई सय १४ कित्ता शेयर रु ९८ करोड ३३ लाख ६७ हजार तीन सय ११ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु पाँच करोड ७५ लाख ४३ हजार चार सय २५ बराबरको कारोबार भएको छ । कुमारी बैंकको संस्थापक शेयर रु तीन करोड ५३ लाख ८६ हजार चार सय ८०, एशियन लाइफ इन्स्योरेन्स रु तीन करोड ३३ लाख ७७ हजार पाँच सय १५,सट्याण्र्डड चार्टर्ड बैंक रु तीन करोड ३३ लाख ३८ हजार आठ सय २५ र एभरेष्ट बैंकको रु दुई करोड ९१ लाख ७६ हजार एक सय ९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, कालिञ्चोक दर्शनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मोलुङ हाइड्रोपावर नौ दशमलव ९६, सनराइज ब्ल्यूचिप फण्ड सात दशमलव शून्य छ, सनराइज फस्ट म्युचुअल फण्ड तीन दशमलव ९२ र एभरेष्ट बैंकको शेयर मूल्य तीन दशमलव ६० प्रतिशतले बढेको छ।

यस्तै, आर्दश लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड दोस्रोको पनि नकारात्मक सर्किट लागेको छ । सिटिजन म्युचुअल फण्ड दोस्रो नौ दशमलव शून्य तीन, समालिङ पावर कम्पनी आठ दशमलब २७ र निर्धन उत्थान लघुवित्तको शेयर मूल्य चार दशमलव १० प्रतिशतले घटेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.