संखुवासभा गाउपालिकाले पसलहरुमा अनुगमनकाे तयारी गर्दै : उपाध्यक्ष लक्ष्मी चापागाई
बैशाख, काठमाडाैं । संखुवासभा गाउपालिका वडा नम्बर एक अन्गर्गत पर्ने डके बजारमा रहेको धुपू फेन्सी स्टोरमा बाहिर साइनबोर्डमा फेन्सी स्टोर लेखिएको भएपनि भित्र बिना दर्ता औसधी पसल सञ्चालन गरेको पाइएको छ ।
बाहिर साइनबोर्डमा धुपू फेन्सी स्टोर लेखिएको र भित्र कपडा संगै औसधी पसल बिक्री वितरण गरेको भेटिएको हो। डके बजारका एक ब्यापारीका अनुसार गाउँघरका औसधी पसलहरु बिना दर्ता, बाहिर बोर्डमा कपडाको र भित्र औसधी बिक्री वितरण हुने गरेको बताए।
अनुगमनकाे तयारी गाउँपालिकाले गरिरहेकाे तथा कतिपयले जानेर कतिपयले नजानेर बिना दर्ता पसल गरिरहेकाे छन् । पहिलाे चरणमा गाउँपालिकाले सचेत गराएकाे छ। गाउँपालिकाले पसलहरूमा अनुगमनकाे तयारी गरिरहेकाे गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईले वडा खबरलाई जानकारी दिनुभयाे ।
Facebook Comments Box







