राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

Share Icon

१६ चैत,काठमाडौँ । ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो ।

एपिएफ लगातार तेस्रो पटक उपाधि जितेको हो । एपिएफले यसअघिका दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।

आजको खेलमा एपिएफले जितका लागि दिएको एक सय ५५ रनको विजयी लक्ष्य पछ्याएको कोशीले २० ओभर ६ विकेट क्षतिमा एक सय रन मात्रै बनाउन सक्यो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन भने लकिता राजजंशीले अविजित २१ रन बनाइन् । त्यस्तै अप्सरी बेगमले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

एपिएफका लागि विनु बुढा मगरले दुई विकेट लिइन भने सोनु खड्का, नेरी थापा र रेखा रावलले समान एक एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै एक सय ५४ रन बनाएको थियो । एपिएफका लागि कप्तान सीता राना मगरले अविजित ७९ रन बनाइन भने इन्दु बर्मा ५१ रनमा अविजित रहिन् ।

कोशीका लागि एक मात्र विकेट अलिशा खडियाले लिइन् । प्रतियोगिता यही चैत ९ गतेबाट सुरु भएको थियो

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.