बारागढी गाउँपालिकाका दुई वटा वडाकाे समुदाय सुरक्षित खानेपानी युक्त समुदाय घोषणा हुँदै
काठमाडाैं । बारागढी गाउँपालिकाका दुई वटा वडाकाे समुदायलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गर्न लागिएकाे छ ।
बारागढी गाउँपालिका वडा नम्वर २ काे मलाही र वडा नम्बर ५ काे चरमतपथरा तथा वैरीया सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गर्न लागिएकाे हाे ।
नेपाल सरकार र युनिसेफ नेपालको सहयोगमा उक्त समुदायलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गर्न लागिएकाे गाउँपालिकाका अध्यष अशाेक कुमार जयसवालले बताउनु भयाे ।
खानेपानी शाखा प्रमुख उपेन्द्र शाहले पालिकाकै पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गर्दै पालिकाका अन्य भागमा पनि उक्त कार्यक्रम मोडलका रुपमा संचालन गर्ने बताउनु भयाे।
Facebook Comments Box







