‘आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना ’

Share Icon

२ चैत,एजेन्सी । देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको होन्डुरसका एक जना वरिष्ठ कूटनीतिज्ञले बताएका छन् ।

विदेशमन्त्री एडुआर्डो रेनाले देशको आर्थिक आवश्यकता तथा ताइवानले आर्थिक सहायता बढाउन अस्वीकार गरेपछि चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयमा सरकार पुगेको बताउनुभएको हो ।

बेइजिङसँग सम्बन्ध जोड्ने निर्णयसँगै मध्यअमेरिकी राष्ट्र होन्डुरसले ताइवानसँगको ८० वर्षभन्दा लामो समयदेखिको कूटनीतिक सम्बन्ध तोड्ने छ ।

विदेशमन्त्री रेनाले ताइवानले वार्षिक रूपमा प्रदान गर्दै आएको पाँच करोड डलर अनुदानलाई १० करोड गर्न तथा तिर्न बाँकी रहेको ६० करोड डलर सहुलियत ऋण पुनःसंरचनाका निम्ति गरेको आग्रहप्रति सकारात्मक जवाफ नदिएको बताउनुभयो ।

होन्डुरसका जनताको आवश्यकतालाई ध्यानमा राख्दै थप महत्त्वपूर्ण सम्बन्ध प्रस्ताव गरिएको तर ताइवानले त्यसलाई अस्वीकार गरेको उहाँको कथन थियो ।

मध्यअमेरिकी राष्ट्र होन्डुरस यो क्षेत्रको सबैभन्दा निर्धन मुलुक हो । एक करोड जनसङ्ख्या भएको होन्डुरसमका करिब ७४ लाख जनता गरिबीको चपेटाबाट मुक्त हुन सकेका छैनन् ।

होन्डुरसको चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय सार्वजनिक हुनेवित्तिकै बेइजिङले त्यसको स्वागत गरेको थियो । बुधबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता वाङ बिनले एक चीन सिद्धान्तका आधारमा होन्डुरससहित विश्वका अन्य देशहरूसँग मैत्री एवम् सहयोगात्मक सम्बन्ध विकास गर्न बेइजिङ सधै इच्छुक रहेको बताएका थिए ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.