चिनियाँ लगानीमा बनेको नयाँ मलेसियन शहर किन बन्यो भूतबंगला ?
काठमाडौं । ‘बल्लतल्ल यो ठाउँबाट भाग्न सकें’, नज्मी हानाफिया हाँस्छन्, केही डराउँदै । ३० वर्षीय आइटी इन्जिनियर हानाफिया एक वर्षअघि फरेस्ट सिटीमा सरेका थिए । सुदूर दक्षिण मलेसियाको जोहोरमा रहेको यो शहर चिनियाँ सहयोगमा बनेको हाउजिङ कम्प्लेक्स हो । त्यहाँको एक टावरमा एउटा बेडरुम भएको फ्ल्याट उनले भाडामा लिएका थिए, जहाँबाट समुद्रको सुन्दर दृश्य प्रष्टैसँग देखिन्थ्यो । तर त्यहाँ सरेको ६ महिनापछि नै उनी अघाए । उनमा त्यो ‘भूताहा शहर’को बसाइलाई निरन्तरता दिने चाहना रहेन । उनी भन्छन्– मैले धरौटी राखेको रकमको बारेमा पनि मलाई कुनै पर्वाह भएन, मलाई जसरी पनि त्यहाँबाट निस्किनु थियो । मलाई यो ठाउँमा आउँदा शरीरमा…
