झापामा गम्भीर अवस्थाका क्षयरोगका बिरामीको सङ्ख्या बढ्दै
१० चैत,बनियानी । झापामा गम्भीर प्रकारका क्षयरोगीको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९-८० को फागुनसम्ममा १७ जना गम्भीर प्रकारका क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत व्यक्ति वीरेन्द्र दासले जानकारी दिनुभयो । “गत वर्ष नौ जना गम्भीर अवस्थाका क्षयरोगी फेला परेका थिए”, उहाँले भन्नुभयो, “हाल उक्त सङ्ख्या दोब्बरले बढेको छ ।” झापामा चालु आवको फागुनसम्ममा पाँच सय ८४ नयाँ क्षयरोगी फेला परेका छन् । त्यसमा एक सय ९३ महिला र तीन सय ९१ पुरुष छन् । एघार महिला र ४० पुरुषमा क्षयरोग पुनः दोहोरिएको दासले बताउनुभयो । गत वर्ष जिल्लामा एक हजार एक सय ८६ नयाँ क्षयरोगी…
