समाज

पर्यटकको रोजाइ बन्दै पटिहानी

पर्यटकको रोजाइ बन्दै पटिहानी

१६ चैत,भरतपुर । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुन्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन । निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा परिचित नाम हो । सौराहाजस्तै निकुञ्जसँग जोडिएका अन्य ठाउँ पनि उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएका छन् । सौराहाजस्तै पछिल्लो समय पश्चिम चितवनको पटिहानी पर्यटकको रोजाइमा पर्ने गरेको छ । भरतपुर महानगरपालिका–२२ मा पर्ने पटिहानी अहिले स्वदेशीसँगै विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । यहाँ विदेशी पर्यटकको आगमन बढ्न थालेको वडाध्यक्ष विष्णुराज महतोले बताउनुभयो । “पर्यटकको पटिहानीमा बसाई लम्ब्याउनका लागि स्थानीय…
Read More
राहदानी विभागको टोली पोर्चुगलमा

राहदानी विभागको टोली पोर्चुगलमा

१६ चैत,लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आइपुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधबार राजधानी लिस्बन आइपुगेको हो । विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारी, महासचिव राजकुमार थापा, अवैतनिक नेपाली महावाणिज्यदूतावासका प्रतिनिधि छविलाल बगाले, नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष माया खरेललगायतले लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । यसैबीच टोलीअन्तर्गतको नेपाली राजदूतावास पेरिस, फ्रान्सका प्रतिनिधिले बुधबारबाटै राहदानी सेवा दिन सुरु गरेको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनको आन्जुसबाट राहदानी सेवा…
Read More
‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’

‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’

१५ चैत,ढोरपाटन । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटनमार्फत प्रदेशले समृद्धि हासिल गर्ने बताउनुभएको छ । बागलुङमा आज आयोजित चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यहाँ धेरै पर्यटकीय तथा धार्मिकस्थल रहेको हुँदा त्यसको विकास गरी समृिद्ध हासिल गरिनेछ भन्नुभयो । मुख्यमन्त्री अधिकारीले गण्डकीमा धेरै खोलानाला, तालतलैया र खानीहरु रहेको बताउँदै खनिज पदार्थको सही रुपमा उत्खन्न गरी रोजगार सिर्जना गर्ने र प्रदेशको गतिलो आयस्रोतको माध्यम बन्ने बताउनुभयो । मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “गण्डकीमा धेरै सम्भावना छन्, यहाँ भएका स्रोत र साधनको सही प्रयोग भएका छैनन्, अब गण्डकी प्रदेश सरकार यसको प्रवद्र्धनमा लाग्छ, रोजगारी सिर्जना गर्छ ।” उहाँले उत्तरगङ्गा जलाशययुक्त हाइड्रोपावर निर्माण गर्ने…
Read More
नेपाल–भारत सीमा समन्वय बैठक

नेपाल–भारत सीमा समन्वय बैठक

१५ चैत,भैरहवा । नेपाल–भारत सीमा समन्वय बैठक भारतको नौतनवामा रहेको ६६औँ गण एसएसबी क्याम्प कार्यालय महाराजगञ्जमा मङ्गलबार सम्पन्न भएको छ । बैठकमा सीमामा शान्तिसुरक्षा, एकीकृत जाँचचौकी (आइसिपी)निर्माण, दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको नियमित मर्मत, मानव बेचबिखन, लागुऔषध तथा अन्य वस्तुको तस्करी नियन्त्रण लगायतका विषयमा छलफल भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो । उहाँले दुई देशबीच व्यापारको दृष्टिकोणले महत्वपूर्ण रहेको आइसिपी निर्माणमा देखिएको अस्पष्टता विषयमा बैठक केन्द्रित रहेको बताउनु्भयो । बेलहियामा निर्माणको क्रममा रहेको आइसिपीको ठेक्का प्रक्रिया सकिएको र केही दिनमै शिलान्यासको तयारी रहेको छ । यसका साथै बैठकमा भारतमा हुने आगामी नगरपालिकाका निकायको निर्वाचनमा नेपालको सहयोग विषयमा…
Read More
ओशो महोत्सव हुँदै

ओशो महोत्सव हुँदै

१५ चैत,काठमाडौँ । आगामी वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ । नयाँ वर्षको उत्साह र सकारात्मक सन्देशसँगै ओशो तपोवनको सहकार्यमा महोत्सव हुन लागेको हो । महोत्सव बिहान ९ देखि रात्रि ९ बजेसम्म चल्नेछ । महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिलाई सुहाउने विविध प्रकारका प्रस्तुति राखिएको ओशो तपोवनका प्रवक्ता निराजन भण्डारीले जानकारी दिनुभयो । आफ्नो व्यस्त जीवनशैलीमा ध्यान, योग र सत्सङलाई अपनाउँदै खुसी जीवन जीउन सकिने कला महोत्सवबाट सिक्न सकिने उहाँको भनाइ छ । ध्यान, साधना, सङ्गीत, नृत्य, हास्य, स्वाद साहित्य र अध्ययनको महोत्सव हुने प्रवक्ता भण्डारीले बताउनुभयो । महोत्सवमा ध्यान, योग, गायन,…
Read More
‘पीडितमैत्री कानुन चाहियो’

‘पीडितमैत्री कानुन चाहियो’

१५ चैत,बलेवा । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा आयोजित छलफलमा पीडितले आफ्नो पक्षमा ऐन नआएको बताएका छन् । ऐनले मानव अधिकार उल्लङ्घन र गम्भीर मानवअधिकार उल्लङ्घन गरी दुई भाग बनाएको र राज्यबाट भएका घटना मात्रै गम्भीर उल्लङ्घनमा राखिँदा विद्रोही पक्ष वा अज्ञात समूहबाट भएको घटनाका पीडितले कानुनी उपचार पाउने बाटो बन्द भएको उनीहरुको गुनासो छ । “मेरो कति सम्पत्ति लुटियो, कति यातना पाएँ भन्ने मलाई मात्रै थाहा छ, मेरा साक्षी कति त मरिसके”, पीडित हरि सुवेदीले भन्नुभयो, “मेरो पीडाबारे यो ऐन र विधेयकले केही पनि बोलेको छैन ।” उहाँले…
Read More
प्लास्टिकजन्य सामग्री पशुपतिमा नलैजान अनुरोध

प्लास्टिकजन्य सामग्री पशुपतिमा नलैजान अनुरोध

१५ चैत,काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएकाले पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको जनाएको हो । विकास कोषको सूचनामा भनिएको छ, “प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौँ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन महिनासम्मका लागि हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाएको छ । उक्त सरसफाइ अभियान शनिबार बिहान ८ देखि १० बजेसम्म चल्दै आएको र उक्त अभियानमा…
Read More
प्राङ्गारिक मल प्रयोग गर्न सुझाव

प्राङ्गारिक मल प्रयोग गर्न सुझाव

१५ चैत,तुलसीपुर । तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय छ दशमलव तीन भन्दा कम रहेको पाइएकाले बालीमा प्राङ्गारिक मल प्रयोग गर्न सुझाव दिइएको छ । उपमहानगरपालिकाका विभिन्न स्थानको करिब सात सय ५० नमूनाको परीक्षण गर्दा माटोको अम्लियपन छ दशमलव तीन भन्दा कम रहेको पाइएको हो । तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले अहिले तुलसीपुरका माटोको अम्लियपन छ दशमलव तीन भन्दा कम रहेकाले उत्पादन घटिरहेको भन्दै प्राङ्गारिक मल हाल्न सुझाव दिएको बताउनुभयो । “अहिले तुलसीपुरको माटोको अम्लियपन घटिरहेको छ । यसले उत्पादन पनि घटिरहेको छ”, उहाँले भन्नुभयो । प्रमुख गौतमले माटोमा नाइट्रोजन, प्राङ्गारिक पदार्थ, फसफोरसको मात्रा कमी रहेको पाइएको बताउनुभयो…
Read More
मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो

मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो

१५ चैत,काठमाडौँ । मेचम्ची खानेपानी वितरणका लागि विच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको छ । कूल एक हजार १० किमी पाइपमध्ये हालसम्म पाँच सय ७६ किमीमा परीक्षण सकिएको र बाँकीको परीक्षण भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । आगामी असार मसान्तसम्ममा सबै परीक्षण सकाउने लक्ष्य रहेको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले बताउनुभयो । “काठमाडौँको भित्री भागमा अहिले परीक्षण भइरहेको छ”, उहाँले भन्नुभयो, “बिष्णुमतिबाट पूर्व र टुँडिखेलबाट पश्चिम क्षत्रेमा टेकुदेखि माथिल्लो भागमा परीक्षण बाँकी छ ।” उहाँका अनुसार गौशाला, कोटेश्वर क्षेत्रमा परीक्षण भइसकेको छ भने बानेश्वर क्षेत्रमा, कलङ्की–बल्खु क्षेत्रमा पनि परीक्षण भइरहेको निर्देशनालयले जानकारी दिएको…
Read More
सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु

सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु

१५ चैत,काठमाडौँ । काठमाडौँको बौद्धमा सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु भएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानको आयोजनामा मङ्गलबारदेखि बौद्धको तारागाउँ सङ्ग्रहालयमा सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु भएको हो । उक्त कला प्रदर्शनीको भारतीय राजदूतावास, काठमाडौँका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा उहाँले कला प्रदर्शनीले नेपाल भारतबीचको सम्बन्धलाई थप मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो । सो प्रदर्शनीमा ११ नेपाली युवा कलाकारले नेपाल र भारतको मित्रता झल्काउने तथा दुई देशका स्मारकसम्बन्धी तयार पारिएका ३८ कलाकृति राखिएका छन् । उक्त कला प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ ।
Read More
Page 196 of 304
1 … 194 195 196 197 198 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.