समाज

छ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै

छ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै

१७ चैत,चितवन । छ दकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ । भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हुँदा सुरु गरिएको पहल कदमी मन्त्री सुदन किराँतीसम्म आइपुग्दा काम अघि बढ्ने अवस्थामा पुगेको छ । उहाँले भन्नुभयो, “यो पाँच वर्षको अवधिमा हामीले छ पर्यटन मन्त्रीसँग नियमित छलफल ग¥र्यौं । महानगर, प्राधिकरण, मन्त्रालय हुँदै प्रधानमन्त्रीको निजी निवास र कार्यालयमा धेरै पटक छलफल भएको छ ।” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरको पहलले सार्थकता पाएको हो । पर्यटनमन्त्री…
Read More
एसइई परीक्षा देशभर एकसाथ सुरु

एसइई परीक्षा देशभर एकसाथ सुरु

१७ चैत,भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी रहेको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस वर्षको एसइईमा सहभागी हुनका लागि…
Read More
मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

१७ चैत,काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी भू–भागका केही स्थानमा साथै तराईका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि…
Read More
भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

१७ चैत,दोधारा चाँदनी । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ । “भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ ।” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भन्नुभयो, “पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ ।” सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ । “अहिले एक÷दुई जनामा सङ्क्रमण देखिन थालेको छ”, पन्तले भन्नुभयो, “यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।” कोभिड–१९…
Read More
लाङटाङबाहेकमा यातायातको पहुँच

लाङटाङबाहेकमा यातायातको पहुँच

१७ चैत,रसुवा । रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस सेवा सञ्चालन भएको छ । काठमाडौँलगायत विभिन्न स्थानको यात्रामा जान गाउँ टोलबाटै बस चल्न थालेपछि स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ । रसुवा घुम्न आउने पर्यटकलाई समेत यात्रा गर्न सहज भएको छ । प्रत्येक गाउँ टोलमा मोटरबाटो पु¥याउन स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएका कारण अहिले रसुवाका गाउँगाउँमा बस सेवा सञ्चालन हुन थालेको हो । भौगोलिक विकटताले सबैभन्दा बढी दूरदराज मानिएको यार्साको सिङ्वन्दी, गाङ्मरसमेतका स्थानमा सडक निर्माण भएपछि बिरामी अस्पताल जान, खाद्यान्न ढुवानी गराउन, गाउँठाउँबाट यात्रा गर्नसमेत सहज भएको स्थानीय समाजसेवी लछिन नुर्पु तामाङले बताउनुभयो । स्थानीय…
Read More
५० हजार घुससहित पक्राउ

५० हजार घुससहित पक्राउ

१६ फागुन,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको सूचनाका आधारमा आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो । आयोगले विचौलिया बिनोद भरलाई सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्राउ गरेको हो ।
Read More
दन्त चिकित्सामा पारोको प्रयोग घट्यो

दन्त चिकित्सामा पारोको प्रयोग घट्यो

१६ चैत,काठमाडौँ । दाँतको उपचारका लागि पारोको प्रयोग उल्लेख्यमात्रामा घटेको छ । नेपालमा मर्करीमुक्त (पारोमुक्त) दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त स्वास्थ्य सेवा अध्ययनको प्रतिवेदनले दन्त चिकित्सा र अस्पतालमा पारोको प्रयोग घटेको उल्लेख गरेको छ । अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आज यहाँ गैरसरकारी संस्था स्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका निर्देशक रामचरित्र साहले दन्त चिकित्समा पारो अमलमको प्रयोग उल्लेखमात्रामा घटेको जानकारी दिनुभयो । उहाँले प्रयोग घट्नु सकारात्मक भए पनि छ दशमलव ३८ प्रतिशत दन्त चिकित्सा स्वास्थ्य संस्थाले अझै पनि पारोको प्रयोग गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “९३ दशमलव ६२ प्रतिशतले पारोको प्रयोग गर्ने गरेका छैनन्, जुन निकै सकारात्मक परिणाम हो ।…
Read More
चार हजार तीन सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए

चार हजार तीन सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए

१६ चैत,काबुल । इरानबाट चार हजार तीन सय २७ जना अफगान शरणार्थी घर फर्किएका छन् । दुई साताअघि छिमेकी राष्ट्र पाकिस्तानबाट पनि तीन हजार अफगान शरणार्थी घर फर्किएका थिए । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आज जारी विज्ञप्तिअनुसार बितेका छ महिनमा तीन लाख शरणार्थी इरानबाट स्वदेश फर्केका छन् । अफगानिस्तानमा शरणार्थी फिर्तीको प्रक्रिया जारी छ । इरान र पाकिस्तानमा दर्ता भएका २५ लाखभन्दा बढी अफगान शरणार्थीले आश्रय लिँदै आएका छन् । अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गरिरहेको छ । देशको शासन सम्हालेपछि तालिवान सरकारले मातृभूमिको सेवामा आउन उनीहरूलाई आग्रह पनि गर्दै आएको छ…
Read More
करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

१६ चैत,सिन्धुली । सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको मृत्यु भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बाबु छोरा खेतमा काम गरेर घर फर्कंदै गर्दा बाटो छेउमा रहेको एघार हजार भोल्टेजको मेन लाइनको पोल नजिक छोरालाई करेन्ट लागेको र छोरालाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेको थियो । गम्भीर घाइते हुनुभएका श्रेष्ठलाई उपचारको लागि काठमाडौँ पठाइएको छ । करेन्ट कसरी चुहावट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको…
Read More
सर्वसाधारणका लागि पौडी पोखरी खुला

सर्वसाधारणका लागि पौडी पोखरी खुला

१६ चैत,काठमाडौँ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । आजदेखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी दिनुभयो । दैनिक तीन सेवामा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सेवा बिहान १०–१२ बजे, दोस्रो अपराह्न १–३ बजे र तेस्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ । व्यक्तिगतका लागि प्रति सिफ्ट रू दुई सय, मासिक रू चार हजार, त्रैमासिक रू १० हजार, प्रशिक्षणसहित प्रतिमहिना रू पाँच हजार र प्रशिक्षणसहित त्रैमासिक रू १३ हजार शुल्क तोकिएको छ । गत वर्ष सिजनमा करिब ५० हजारले पौडी खेलेका थिए…
Read More
Page 193 of 304
1 … 191 192 193 194 195 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.