आगामी वर्ष हुने युरोकप फुटबलका लागि स्पेन, स्कटल्याण्ड र टर्की छनाेट
२९ असाेज, काठमाडौं । आगामी वर्ष हुने युरोकप फुटबलका लागि स्पेन, स्कटल्याण्ड र टर्की छनाेट भएका छन् । आइतबार राति भएको समूह ‘ए’ को खेलमा नर्वेलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन युरोकपका लागि छनाेट भएकाे हो । स्पेनको यो जितले समूहको अर्को टोली स्कटल्याण्ड पनि युरोकपमा छनाेट भएकाे छ। यो समूहमा ६ खेलबाट स्पेन र स्कटल्याण्डको समान १५ अंक छ । एक खेल बढी खेलेको नर्वे भने १० अंकसहित तेस्रो स्थानमा रहेको छ । युरोकप छनाेटकै अर्को खेलमा वेल्सले क्रोएशियालाई २–१ गोल अन्तरले पराजित गर्दा टर्कीले लात्भियामाथि ४–० गोल अन्तरको जित निकाल्यो । समूह डीमा ७ खेलबाट १६ अंक…
