भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२० असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ । शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो समसामयिक राजनीतिक विषय वस्तुका बारेमा छलफल भएको प्रधानमन्त्री दाहालकाे सचिवालयले जनाएकाे छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको बुझिएकाे छ ।
Read More
प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता

२० असाेज,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच शनिबार सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय सिंहदरबारमा शनिबार भएको भेटमा सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भएको हो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताउनुभयो । अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको अध्यक्ष नेपालले बताउनुभयो । उहाँले सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा छलफल भएको बताउनुभयो । प्रधानमन्त्री दाहालसँगको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसदमा सम्बोधन गर्ने बारेमा पनि छलफल भएको…
Read More
अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनकी राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनकी राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि दोस्रो पटक अमेरिका भ्रमणमा जानु भएका जेलेन्स्कीले ह्वाइट हाउसमा बाइडेनसँग भेटवार्ता गर्नुभएको हो । भेटमा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी बहादुरीको प्रशंसा गर्दै अमेरिका सधै युक्रेनको साथमा रहने आश्वसन दिनुभएको थियो । अमेरिकाले युक्रेनलाई १२ करोड ८० लाख अमेरिकी डलर बराबरको थप हतियार सहयोगको घोषणा गरेको ह्वाइट हाउसका सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् । राष्ट्रपति जेलेन्स्कीको भ्रमण यस्तो बेलामा भएको छ  जुन समयमा अमेरिकी संसदले आगामी बजेटमा सहमति जुटाउन सकिरहेको छैन ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.