ड्रोन हमला

युक्रेनद्वारा रूसी नौसैनिक परिसरमा ड्रोन हमला

युक्रेनद्वारा रूसी नौसैनिक परिसरमा ड्रोन हमला

एजेन्सी । युक्रेनले क्राइमियास्थित रुसी सेनाको कृष्णसागर नौसैनिक परिसरमा ड्रोन आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार ड्रोन आक्रमणबाट एउटा भवनमा क्षति पुगेको र एक जना हराएकाे जनाइएकाे हाे । सन् २०१४ मा क्राइमियालाई आफूमा गाभेपछि रुसले त्यहाँ सैन्य मिसन खडा गरेको थियो । युक्रेनको हवाइ सेनाका कमाण्डर लेफ्टीनेन्ट जनरल माइकोला ओलेस्चुकले थप ड्रोन हमला गर्ने भन्दै क्राइमियामा सफल आक्रमण गरेको बताएका छन् । उनले थप आक्रमण गर्ने बताएका छन् । युक्रेनी सेनाका अधिकारीहरुले सामाजिक सञ्जाल मार्फत सोही शहरका बासिन्दालाई समेत आफ्नो सुरक्षा गर्न समेत आग्रह गरे
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.