चौरचन पर्व

मिथिलाञ्चलमा आज चौठचन्द्र पर्व मनाइँदै

मिथिलाञ्चलमा आज चौठचन्द्र पर्व मनाइँदै

१ असोज, धनुषा । मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात चौरचन पर्व साेमबार मनाइँदैछ । प्रत्येक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाइने गरिन्छ । मैथिली साहित्यका जानकार प्राज्ञ एवं वरिष्ठ पत्रकार रामभरोस कापडीले जनकपुरधामसहित मिथिलाञ्चलवासीले चौठचन्द धुमधाम साथ मनाइरहेका जानकारी दिनुभयो । यस क्षेत्रमा छठपछिको दोस्रो ठूलो पर्वका रूपमा चौठचन्द्र पर्व मनाइन्छ । यस पर्वका दिन महिला दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । साँझ सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्वीप प्रज्ज्वलन गर्दै उपवास बसेकाहरूले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा रहेको उहाँले बताउनुभयो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.