चिनी र चामल लगायतका खाद्य वस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन
३१ भदाै, काठमाडाैं । संसदीय समितिले चिनी, चामल र गहुँ लगायतका अति आवश्यकीय खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले दशैं, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अति आवश्यक खाद्य वस्तुहरुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको हो । त्यसैगरी, बैठकले अतिआवश्यकीय खाद्य वस्तुहरुको बिक्री वितरण शुलभ मूल्यका गर्न पनि सरकारलाई सचेत गराइएको समितिका सभापति अब्दुल खानले बताउनुभयो । समितिले बजारको माग अनुसार मूल्य अभिवृद्धि करमा पूरै छुट हुनेगरी अति आवश्यकीय खाद्य वस्तुको आयात गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको माग सम्बोधन हुने…
