ऋषि पञ्चमी पर्व आज मनाइँदै
२ असाेज, काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन आज मनाइने ऋषि पञ्चमी पर्व नेपाली नारीहरुले अरुन्धतिसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । नारीहरूले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिका अर्थात तीजको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गएर ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्ने चलन छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने पनि भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । आज काठमाडाैंकाे टेकु र …
