अर्थ

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

२५ असार,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ११ अङ्कले बढेर तीन सय ८८ दशमलव ६२ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्यमा भने बृद्धि भएको छ । विभिन्न कम्पनीका एक करोड ११ लाख ८२ हजार तीन सय ३५ कित्ता शेयर रु तीन अर्ब ७९ करोड ७९ लाख ८६…
Read More
खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री डा महत

खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री डा महत

२४ असार,काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउनुभएको छ । आर्थिक छलफल चौतारी नेपालले आज काठमाडौंँमा आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले आगामी मौद्रिक नीति तय गर्दा नीतिगत दर (पोलिसी रेट) मा सम्बोधन गरी खुकुलो गरेर जाँदा अर्थतन्त्र चलायमान हुने बताउनुभयो । “मौद्रिक नीति खुकुलो हुने वित्तिकै अर्थतन्त्र चलायमान भएर सहजतातर्फ जान्छ”, उहाँले भन्नुभयो, “कोभिड महामारी पछि पुनरुत्थानका लागि खुकुलो बनाइएको नीति बाह्य क्षेत्रमा समस्या देखिएपछि एकाएक कडाइ गरियो । त्यसको कडाइको प्रभाव अहिले पनि देखिरहेको छ ।” वित्त…
Read More
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

२४ असार,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ५१ मा पुगेको छ । त्यस्तै, कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै उकालो लागेको छ । कूल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता शेयर रू तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौ सय ६१ मूल्यमा खरिद बिक्री भएका…
Read More
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

२१ असार,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव शून्य छ अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव ३८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूच्क शून्य दशमलव ५८ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव १६ सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल ९७ लाख ५१ हजार नौ सय ८५ कित्ता शेयर रू तीन अर्ब सात करोड ७४ लाख ९८ हजार…
Read More
लुम्बिनी प्रदेशको बजेट पारित

लुम्बिनी प्रदेशको बजेट पारित

२१ असार,लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गर्नुभयो । आगामी आवका लागि प्रदेशसभामा सरकारका तर्फबाट अर्थमन्त्री मास्कीले यही असार १ गतेका लागि रु ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले…
Read More
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

२० असार,काठमाडौँ । नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव २६ अङ्कले घटेर दुई हजार ४९ दशमलव २६ अङ्कमा सीमित भएको छ । आज विभिन्न कम्पनीका दुई सय ७७ वटा कम्पनीको ८० लाख ९२ हजार नौ सय ६९ कित्ता शेयर ५३ हजार एक सय तीन पटक खरिदबिक्री हुँदा रू तीन अर्ब सात करोड ३९ लाख ९२ हजार एक सय ३६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सेन्सेटिभ र फ्लोट इन्डेक्ससहित सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक चार सय नौ दशमलव ७६ र निर्जीवन बीमा…
Read More
आवश्यकताका क्षेत्रमा बजेट नछुट्याइएको भन्दै आपत्ति

आवश्यकताका क्षेत्रमा बजेट नछुट्याइएको भन्दै आपत्ति

२० असार,कर्णाली । कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टले कर्णाली प्रदेशका जनताको आवश्यकताभन्दा व्यक्तिको आशय पूरा हुनेगरी बजेट विनियोजन हुनु दुर्भाग्य भएको बताउनुभयो । कर्णाली प्रदेश सरकारको यही असार १७ गतेदेखि सुरु भएको मन्त्रालयगत बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा उहाँले रु १५ लाखभन्दा मुनिका योजना कार्यान्वयनमा नल्याउने सीमा निर्धारण गरेर मठमन्दिर, गुम्बामा त्योभन्दा बढी बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाउनुभयो । “जनताले शुद्ध खानेपानी र कृषिका लागि सिँचाइ गर्न पाएका छैनन् तर हाम्रो बजेट मठमन्दिर गुम्बा निर्माणमा विनियोजन गरिएको छ”, सदस्य विष्टले भन्नुभयो, “हामीलाई शिक्षा, खानेपानी र सिँचाइ चाहिएको हो कि मठमन्दिर निर्माण ?” पूर्वआर्थिक मामिलामन्त्रीसमेत रहेका विष्टले रातो किताब हेर्दा…
Read More
टोखाद्वारा खेलकुदतर्फ एक करोड विनियोजन

टोखाद्वारा खेलकुदतर्फ एक करोड विनियोजन

२० असार,काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि स्थापना गरेको खेलकुद विकास कोषका लागि रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । टोखाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि टोखाभित्र विभिन्न खेलकुदको विकासका लागि उक्त रकम विनियोजन गरेको हो । टोखाले नगरभित्रका घरमा डिजिटल घर नम्बर वितरण गर्ने भएको छ । टोखाले आगामी आवमा नगरपालिकाभित्रका घरमा डिजिटल घर नम्बर वितरण सुरुआतका लागि रु ५० लाख विनियोजन गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिनुभयो । नगरभित्रका दीर्घरोगीलाई निःशुल्करूपमा औषधि वितरण गर्नका लागि रु ५० लाख विनियोजन गरेको छ । नेपाल प्रहरी एवं नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा ‘मेयर…
Read More
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

१९ असार ,काठमाडौँ । यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्क बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ८२ कम्पनीका ६४ लाख ५० हजार नौ सय ३४ कित्ता शेयर ४६ हजार सात सय ३१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ बराबरको कारोबार भएको छ । नेप्से परिसूचकसँगै सबै समूहको उपसूचक पनि हरियो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह एक सय ३३…
Read More
‘वित्त नीतिसँग समन्वय हुनेगरी मौद्रिक नीति ल्याइनुपर्छ’

‘वित्त नीतिसँग समन्वय हुनेगरी मौद्रिक नीति ल्याइनुपर्छ’

१९ असार,काठमाडौँ। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वित्त नीतिसँग समन्वय हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई विज्ञहरुले सुझाव दिनुभएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले आज यहाँ आयोजना गरेको मौद्रिक नीति सम्मेलन, २०२३ मा विज्ञ तथा निजी क्षेत्रका सरोकारवालाले वित्त नीतिसँग समन्वय हुने तथा अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । ब्याजदर घटाएर लगानीमैत्री वातावरण बनाउन, प्राथमिकता प्राप्त क्षेत्र र साना तथा मझौला उद्यमलाई सहज कर्जा प्रवाह गर्न, पुनरकर्जा र कर्जाको पुनर्तालिकरणको व्यवस्था गर्नुपर्ने उहाँहरुको भनाइ छ । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अहिलेको समयमा मध्यमार्गी मौद्रिक नीति आवश्यक रहेको…
Read More
Page 7 of 23
1 5 6 7 8 9 23
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.