अन्तर्राष्ट्रिय

पाकिस्तानमा आत्माघाती हमलामा पाँच चिनियाँ इन्जिनियरको मृत्यु

पाकिस्तानमा आत्माघाती हमलामा पाँच चिनियाँ इन्जिनियरको मृत्यु

एजेन्सी । पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परी ५ चिनियाँ नागरिकको मृत्यु भएको छ। चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ। पाकिस्तानी पत्रकार आरजु काजमीले एक्स ह्यान्डल मार्फत यस हमलाको जानकारी दिएका छन्। उनले खैबर पख्तुनख्वा प्रान्तको शाङ्ला जिल्लामा चिनियाँ नागरिक माथि आत्मघाती हमला भएको बताए। यो हमला बेशाम सहर नजिक भएको थियो, जसमा पाँच चिनियाँ नागरिक मारिएका थिए। उनका अनुसार मृत्यु हुने सबै चिनियाँ इन्जिनियर रहेको बताइएको छ। चिनियाँ इन्जिनियरहरूको यात्रा इस्लामाबादबाट सुरु भएको बताइएको छ, जुन खैबर पख्तुनख्वा प्रान्तको दासु शिविर हुँदै गइरहेको थियो। यसै क्रममा आत्मघाती हमलाकारीले निशाना बनाएका थिए।…
Read More
सहयोगका लागि आइएमएफसँग चिनियाँ प्रधानमन्त्रीको आह्वान

सहयोगका लागि आइएमएफसँग चिनियाँ प्रधानमन्त्रीको आह्वान

काठमाडाैं । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)सँग घनिष्ठ सहयोगका लागि आह्वान गरेका छन्। बेइजिङमा सोमबार आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभासँगको भेटमा उनले त्यस्तो आह्वान गरेका हुन् । उनले यस वर्ष चीनले राखेको करिब पाँच प्रतिशत कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिको लक्ष्य वैश्विक अर्थतन्त्रका लागि सकारात्मक खबर भएको बताए । यस वर्षको प्रारम्भदेखि चीनको अर्थतन्त्र लगातार सुधार भइरहेको, राम्रो सुरुआत हासिल गरिरहेको र वर्षको आर्थिक तथा सामाजिक लक्ष्यहरू पूरा गर्न ठोस आधार तयार गरिरहेको उनको भनाइ थियो । दीर्घकालीनरूपमा चिनियाँ अर्थतन्त्रको संस्थान, बजार, उद्योग, मानव संसाधन र नवप्रवर्तनमा फाइदा छन् भन्दै प्रधानमन्त्री लीले दीर्घकालीन बलियो विकासको आधारभूत सिद्धान्त परिवर्तन…
Read More
चीन साइबर आक्रमणमा संलग्न भएको यूकेको आरोप, अमेरिकामा सात चिनियाँविरुद्ध मुद्दा

चीन साइबर आक्रमणमा संलग्न भएको यूकेको आरोप, अमेरिकामा सात चिनियाँविरुद्ध मुद्दा

एजेन्सी । यूके सरकारले आफ्नो देशका सांसद र निर्वाचन आयोगमाथि "दुर्भावनापूर्वक" भएका साइबर आक्रमणमा चीन संलग्न भएको आरोप लगाएको छ। सरकारले ती साइबर आक्रमणमा संलग्न भएको भन्दै दुई चिनियाँ नागरिक र कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको छ। यूकेका उपप्रधानमन्त्री ओलिभर डाउडनले ती व्यक्ति र कम्पनीले बेइजिङको आलोचना गर्दै आएका ब्रिटिश सांसदहरूको विवरणमा अनधिकृत पहुँच स्थापित गर्ने प्रयास गरेको बताएका छन्। सन्दिग्ध साइबर आक्रमणकारीहरूले चार करोड ब्रिटिश मतदातासँग सम्बन्धित डेटामा पहुँच पाएको पनि विश्वास गरिएको छ। तर डाउडनले उक्त आक्रमणका कारण चुनावको सुरक्षामा गम्भीर सम्झौता हुने खालको कार्य नभएको बताए। चीनले चाहिँ लगातार जासुसी तथा गलत काम गरेको भन्ने आरोपहरूलाई अस्वीकार गर्दै…
Read More
चीनमा लाखौँ डलर घुस लिने फुटबल सङ्घका पूर्वप्रमुखलाई आजीवन जेल

चीनमा लाखौँ डलर घुस लिने फुटबल सङ्घका पूर्वप्रमुखलाई आजीवन जेल

एजेन्सी । चीनको फुटबल सङ्घ सीएफएका पूर्वप्रमुख चेन शुयुआनलाई घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उनले आठ करोड युआन (झन्डै डेढ अर्ब नेपाली रुपैयाँ) घुस लिएको गत ज्यानुअरीमा स्वीकार गरेका थिए। चिनियाँ राष्ट्रपति सी जिन्पिङको भ्रष्टाचारविरुद्धको अभियानले खेलकुद, ब्याङ्किङ र सैन्य क्षेत्रमा भएका भ्रष्टाचारमा कारबाही अघि बढाएको छ। फुटबल क्षेत्रमा मात्रै एक दर्जनजना भन्दा बढी प्रशिक्षक र खेलाडी अनुसन्धानको घेरामा परेका छन्। मध्यचीनको ह्वाङ्शी प्रान्तस्थित एउटा अदालतमा चलेको मुद्दाका क्रममा चेनले सन् २०१० देखि २०२३ को अवधिमा भ्रष्टाचार गरेको खुलासा भएको थियो। त्यसअघि शाङ्घाई इन्टरन्याश्नल पोर्ट ग्रूपको अध्यक्ष हुँदा पनि उनी अवैध गतिविधिमा संलग्न…
Read More
अमेरिकामा चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा, सात चिनियाँ दोषी ठहर

अमेरिकामा चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा, सात चिनियाँ दोषी ठहर

काठमाडौँ । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ। अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात चिनियाँ नागरिकलाई दोषी ठहर गरेको छ । ती सबैलाई वर्षौँदेखि ह्याकिङ गरेको आरोप लगाइएको थियो । ह्याकरहरूले अमेरिकी लोकतान्त्रिक संस्थाहरूलाई निशाना बनाएको दाबी गरिएको छ । ह्याकरहरूले अमेरिकाका केही महत्त्वपूर्ण पूर्वाधार क्षेत्रहरूलाई लक्षित गरेको भन्दै अमेरिकी ट्रेजरी डिपार्टमेन्टले ती दुई व्यक्तिविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकाको विदेश मन्त्रालयले यी सातै जनाको बारेमा जानकारी दिने जो कोहीलाई एक करोड डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।…
Read More
चीनमाथि संसद ह्याक गरेकाे न्युजिल्याण्डकाे आरोप

चीनमाथि संसद ह्याक गरेकाे न्युजिल्याण्डकाे आरोप

एजेन्सी । न्युजिल्याण्डले चीनमाथि आफ्नाे संसद ह्याक गरेको आरोप लगाएकाे छ । न्युजिल्याण्ड सरकारले सन् २०२१ मा आफ्नाे संसदमाथि राज्य प्रायाेजित साइबर आक्रमण भएकाे विषयमा चिनियाँ सरकारसँग मंगलबार चिन्ता जताएकाे छ । यसकाे खुलासा देशकै खुफिया एजेन्सीले गरेकाे हाे । न्युजिल्याण्डका संसदीय समितिलाई लक्षित गर्ने खालका दुर्भावनापूर्ण साइबर गतिविधिमार्फत उक्त निर्णयमा पुगिएकाे खुलासा बेलायत र अमेरिकाले चीनमाथि व्यापक साइबर जासूसी अभियानको आरोप लगाएका हुन् । न्युजिल्याण्ड र अष्ट्रेलिया दुवैले चीनकाे उक्त साइबर जासूसी गतिविधिको व्यापक निन्दा गरेका छन्। न्यूजील्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्सले एक विज्ञप्तिमार्फत चेतावनी दिँदै भने, ‘यस प्रकृतिको विदेशी हस्तक्षेप अस्वीकार्य छ, र हामीले भविष्यमा यस्तो गतिविधिबाट टाढा रहन…
Read More
सुस्त अर्थतन्त्रलाई बढावा दिन चीनलाई आइएमएफको आग्रह

सुस्त अर्थतन्त्रलाई बढावा दिन चीनलाई आइएमएफको आग्रह

बेइजिङ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले सुस्त अर्थतन्त्रलाई बढावा दिन बजार समर्थक सुधारका विस्तृत प्याकेज लागु गर्न चीनलाई आह्वान गरेकी छन् । 'उच्च दरबाट उच्च गुणस्तर वृद्धिमा रूपान्तरण हुनु नै अर्थतन्त्र वृद्धिका लागि उचित बाटो पहिल्याउनु हो र चीन त्यसो गर्न कटिबद्ध छ,' बेइजिङमा आइतबार आयोजित चीन डेभलपमेन्ट फोरममा आइएमएफका प्रबन्ध निर्देशक जर्जिएभाले भनिन्। बुल्गेरियाका अर्थशास्त्रीले यो रूपान्तरण सहज नभएको चेतावनी दिँदै बजार समर्थक सुधारको व्यापक प्याकेजका साथ चीन यथास्थितिभन्दा धेरै छिटो अगाडि बढ्न सक्ने कुरामा जोड दिइन्। जर्जिएभाले चीनमा सञ्चालित विदेशी व्यापार समूहहरूको लामो समयदेखिको मागअनुसार व्यावसायिक वातावरणलाई सुदृढ बनाउने र निजी तथा राज्य–स्वामित्व भएका…
Read More
चीनको दबाबपछि श्रीलंकाले दियो जासुसी जहाजलाई अनुमति

चीनको दबाबपछि श्रीलंकाले दियो जासुसी जहाजलाई अनुमति

एजेन्सी । श्रीलंकाले अब विदेशी अनुसन्धान जहाजहरूलाई आफ्नो बन्दरगाहमा रोक्न अनुमति दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको दबाबपछि श्रीलंकाले विदेशी जहाजलाई लगाएको प्रतिबन्ध हटाएको छ । वास्तवमा, हालै श्रीलंकाले जर्मन अनुसन्धान जहाजलाई आफ्नो बन्दरगाहमा बस्न अनुमति दिएको थियो। यसबारे चिनियाँ दूतावासले गत फेब्रुअरीमा आफ्नो जहाज रोकिन नदिँदा जर्मन जहाजलाई किन रोकिन दिइयो भनी आपत्ति जनाएको थियो। त्यसपछि श्रीलंकाको विदेश मन्त्रालयका प्रवक्ताले भने– विदेशी जहाज हाम्रो बन्दरगाहमा रोकेर अनुसन्धान गर्न सक्दैनन् । तर तिनीहरू इन्धन भर्न यहाँ रोकिन सक्छन्। वास्तवमा, गत वर्ष २ चिनियाँ गुप्तचर जहाज श्रीलंकामा रोकिएका थिए। भारत र अमेरिकाले हिन्द महासागरको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै यसको विरोध गरेका…
Read More
चिनियाँ कम्युनिष्ट नेताहरुको जानीजानी बेतुकको दाबी

चिनियाँ कम्युनिष्ट नेताहरुको जानीजानी बेतुकको दाबी

काठमाडौं । भारतको विदेश मन्त्रालयले मंगलबार चीनको पिपुल्स लिबरेशन आर्मीले गत शनिबार अरुणाचल प्रदेशलाई चिनियाँ भूभाग भएको दाबीलाई बेतुका भनेको छ । यसै क्रममा एक साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेशको रणनीतिक दृष्टिले महत्वपूर्ण सहरलाई सबै मौसमी कनेक्टिभिटी प्रदान गर्ने चीनको सीमाना नजिक सेलामा सुरुङमार्गको उद्घाटन गर्न गएको चिनियाँ विदेश मन्त्रालयले आपत्ति जनाएको थियो । यद्यपि विश्लेषकहरू भन्छन् कि चिनियाँ कम्युनिष्ट पार्टीका चतुर नेताहरूले जानाजानी बेतुकको दाबी गर्छन् र अन्य देशहरूको भूभागमा आफ्नो नियन्त्रण कायम गर्न अनौठो आपत्तिहरू खडा गर्छन् । दक्षिण चीन सागरको स्प्रेटली टापुहरूमा भियतनाम र फिलिपिन्ससँग सम्बन्धित क्षेत्रहरूमा अवैध चिनियाँ दाबीहरू यस्तै चिनियाँ रणनीतिको उदाहरण हुन्।…
Read More
भारत र भुटानबीचको सम्बन्ध अटुट छ : मोदी

भारत र भुटानबीचको सम्बन्ध अटुट छ : मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’लाई भारतको समर्थन रहेको बताएका छन् । भुटान भ्रमणमा रहेको मोदीले शुक्रबार तासिछो जोङ दरबारमा सम्बोधन गर्दै ‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’ दुवैलाई सफल पार्न भारत सहयोग गर्न तयार रहेको बताएका हुन् । भुटानलाई भारतको समर्थन रहेको बताउँदै मोदिले दुई राष्ट्रका जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्नेमा जोड दिए । उनले भारत र भुटानको लक्ष्य समान रहेको बताए । मोदीले भने, ‘भारत र भुटानका युवाहरूको आकाङ्क्षा र लक्ष्यहरू समान छन्। भारतले सन् २०४७ सम्ममा विकसित देश बन्ने लक्ष्य राखेको छ भने भुटानले २०२४ सम्ममा उच्च आय भएको देश बन्ने लक्ष्य…
Read More
Page 8 of 140
1 6 7 8 9 10 140
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.