चिनियाँ शहरमा किन भासियो जमिन ?
काठमाडौं । पूर्वाधार निर्माणमा फड्को मारेको चीनले अहिले त्यसको मूल्य चुकाउनुपरेको छ । पूर्वाधार निर्माणका क्रममा प्रयोग भएका अत्यधिक कंक्रिटका कारण हाल विभिन्न शहरमा जमिन भासिने समस्या देखिएको छ । औसतमा प्रतिवर्ष ३.३ मिलिमिटरका दरले जमिन भासिरहेको अनुसन्धानले देखाएको छ । कतिपय शहरमा प्रतिवर्ष ४५ मिलिमिटरका दरले जमिन भासिएको छ । यही क्रम रहिरहने हो भने सन् २१२० सम्म चीनका तटीय क्षेत्र समुन्द्र मुनि पुग्ने एक अध्ययनले दाबी गरेको बीबीसीले उल्लेख गरेको छ । जमिन भासिनुमा विभिन्न कारण भएपनि पहिलो कारण भने तीव्र शहरीकरणलाई मानिएको छ । ठूलाठुला भवन बनाउनका निम्ति जमिनमुनिको धेरै पानी निकालिएको र अत्यधिक भारका पूर्वाधार निर्माण…
