समाज

स्थापना दिवसमा गण्डकी सरकारबाट १० कर्मचारी पुरस्कृत

स्थापना दिवसमा गण्डकी सरकारबाट १० कर्मचारी पुरस्कृत

पोखरा । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा १० जना कर्मचारी पुरस्कृत भएका छन् । सर्वोत्कृष्ट, उत्कृष्ट र निजामति पुरस्कारबाट उनीहरु पुरस्कृत भएका हुन् । यसवर्षको सर्वोत्कृष्ट प्रदेश निजामति सेवा पुरस्कार मुख्यमन्त्री कार्यालयका सचिव शम्भुराज रेग्मीले पाएका छन् । उत्कृष्ट प्रदेश निजामति पुरस्कार मुख्यमन्त्री कार्यालयका प्रदीपचन्द्र सुवेदी, जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय पर्वतका विष्णुहरी अधिकारी र यातायात व्यवस्था कार्यालय कास्कीका समिना पुनले पाएका छन् । त्यस्तै प्रदेश निजामति पुरस्कार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सुरेशकुमार श्रेष्ठ, मुख्यमन्त्री कार्यालयका शिव लम्साल, अर्थ मन्त्रालयका तेजेन्द्रप्रसाद ढकाल, आयुर्वेद स्वास्थ्य केन्द्र मनाङका डा।शंकर गौतम, गोरखा अस्पतालका प्रतिमा श्रेष्ठ र पर्यटन तथा उद्योग कार्यालय कास्कीका अर्जुन…
Read More
ड्युटीमा खटिएका बेला गोली लागेकी महिला प्रहरीको मृत्यु, गोली हान्ने श्रीमान पनि प्रहरी

ड्युटीमा खटिएका बेला गोली लागेकी महिला प्रहरीको मृत्यु, गोली हान्ने श्रीमान पनि प्रहरी

दाङ । दाङमा गोली लागेर घाइते भएकी महिला प्रहरी धनमाया थापाको मृत्यु भएको छ । घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका हुन् । श्रीमान पनि प्रहरी नै रहेको खुलेको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले साढे ८ बजेतिर गोली हानेर हत्याका थिए । यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Read More
घोराही बजारमा प्रहरीले नै हान्यो महिला प्रहरीलाई गोली, अवस्था गम्भीर

घोराही बजारमा प्रहरीले नै हान्यो महिला प्रहरीलाई गोली, अवस्था गम्भीर

दाङ । दाङको घोराही बजारमा गोली चलेको छ । गोली लागेर घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया थापा घाइते भएकी हुन् । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले गोली प्रहार गरेको आरोपमा लमहीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति पनि प्रहरी रहेको खुलेको छ । उनी बाँकेमा कार्यरत रहेको स्रोतले बतायो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।  
Read More
बालेन शाह भन्छन् – खुलामञ्च मात्र होइन, टुँडिखेल पनि खुला गर्दैछौं

बालेन शाह भन्छन् – खुलामञ्च मात्र होइन, टुँडिखेल पनि खुला गर्दैछौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूहरू रहेसम्म खुलामञ्च सधैँ सबैका लागि खुला हुने आश्वासन दिएका छन् । काठमाडौंस्थित खुलामञ्चमा खेलमैदान बनाउन लागिएको दाबीसहितका समाचारको खण्डन गर्दै बालेनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन् । उनले आफूहरू फराकिलो काठमाडौं बनाउने बाटोमा रहेको बताए । उनले आफूहरूको चाहना खुलामञ्च सधैँ खुला नै हुनुपर्ने रहेको बताए । उनले भने, ‘हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुलै हुनुपर्छ । त्यो कुनै समूह वा कुनै एक कार्यका लागि मात्र नभएर बहुउपयोगी महत्त्वको बनोस् भन्नेमा हामी सचेत छौँ ।’ यही योजनालाई सार्थक बनाउन आफूहरूले १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी कङ्क्रिट हटाउने…
Read More
जफत हुने भयो एनआरएनएको केन्द्रीय कार्यालय भवन

जफत हुने भयो एनआरएनएको केन्द्रीय कार्यालय भवन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय भवन जफत हुने भएको छ । विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आज फैसला सुनाएको हो । ललिता निवासको १९ रोपनी भन्दा धेरै सरकारी जग्गा व्यक्तिको नाममा गएको विषयमा विशेष अदालतले गरेको फैसलाअनुसार सबै जग्गा जफत हुने छ । एनआरएनएको केन्द्रीय कार्यालय समेत सोही जग्गामा रहेको छ । फैसलामा बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको १ सय ३६ रोपनीभन्दा बढी सरकारी जग्गा हडपेर भ्रष्टाचार गरेको निष्कर्षसहित २०७६ माघ २२ मा विशेष…
Read More
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो । मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको छ । निगमका अनुसार खाना पकाउन प्रयोग हुने…
Read More
प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने र १९९ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादीको निर्णय

प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने र १९९ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादीको निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको एक नेताले जनाएका छन् । माओवादीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको थियो । तर, विधान अधिवेशन हलले संख्या बढाएको हो । त्यस्तै कार्यालय ११ जनाको बनाउने स्थायी कमिटी केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउनेलगायतका निर्णय पनि भएको छ । त्यसैगरी माओवादी केन्द्र अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निष्कर्ष सुनाएका हुन् । स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरमा निर्वाचन प्रणालीबाट कमिटी चयन…
Read More
प्रशिक्षक देसाई भन्छन्–, हार हाम्रो लागि अवसर हो, फेरि बलियो बनेर आउनेछौं

प्रशिक्षक देसाई भन्छन्–, हार हाम्रो लागि अवसर हो, फेरि बलियो बनेर आउनेछौं

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भयो । आजको हारसँगै नेपालले घरेलु मैदानमा एकदिवसीय खेलमा हात पारेको १५ खेलको जितको यात्रा समाप्त भएको छ । बिहीबार नेपालले खराब ब्याटिङ गर्दा हार बोहोर्न बाध्य भयो। यससँगै नेपालको घरेलु मैदानमा १५ खेलको जित यात्रा पनि समाप्त भएको छ। सन् २०२२ को नोभेम्बर यता घरेलु मैदानमा खेलिएका १५ एकदिवसीय खेलमा जित निकालेको नेपाल १६औं खेलमा भने पराजित भयो। नेपालले जित निकालेको १५ मध्ये युएईलाई पाँच खेलमा, क्यानडालाई तीन खेलमा, स्कटल्यान्ड, नामिबिया र पिएजीलाई दुई दुई खेलमा तथा ओमानलाई एक खेलमा पराजित गरेको थियो।…
Read More
केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको प्रस्ताव–१५ औँ महाधिवेशन २०८२ कात्तिकभित्र गरौं

केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको प्रस्ताव–१५ औँ महाधिवेशन २०८२ कात्तिकभित्र गरौं

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशन २०८२ मंसिर मसान्तसम्म गर्न प्रस्ताव गरेका छन् । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको सांगठानिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले यस्तो प्रस्ताव गरेका हुन् । थापाको प्रतिवेदनमा २०८२ साल भदौ मसान्तभित्र प्रदेश सभा क्षेत्रीय अधिवेशन, त्यही वर्षको भदौ मसान्तभित्रै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि, केन्द्रीय महासमिति सदस्य चयन गर्न प्रस्ताव गरेका छन् । २०८२ को असोजमसान्तभित्र जिल्ला अधिवेशन, जनसम्पर्क समितिको अधिवेशन, कात्तिक मसान्तभित्र प्रदेश अधिवेशन गर्न थापाको प्रस्ताव छ ।
Read More
म्याद गुज्रिएका औषधी बेच्ने वीर अस्पताल अगाडिका दुई फार्मेसी बन्द

म्याद गुज्रिएका औषधी बेच्ने वीर अस्पताल अगाडिका दुई फार्मेसी बन्द

काठमाडौं । वीर अस्पताल अगाडिका दुईवटा फार्मेसी बन्द भएका छन् । महंगोमा औषधि विक्रिवितरण गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधि व्यवस्था विभागका अधिकारीहरुले ती फार्मेसीलाई बन्दा गराएका हुन् । कानून विपरित महंगोमा औषधि विक्रिवितरण गरिरहेका उपकार फर्मा र सत्यम फर्मालाई बन्द गरिएको हो । वीर अस्पतालको नयाँ भवनको अगाडि रहेको गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका ती फार्मेसीहरुले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महंगोमा विरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेको थियो । बिरामीलाई आवश्यक पर्ने औषधि वीर अस्पताल भित्रका फार्मेसीमा नपाउने र वीरका निर्देशकले मिलेमतोमा विरामीलाई बाहिरका फार्मेसीबाट महंगो औषधि किनाउने गरेको गुनासो…
Read More
Page 19 of 452
1 … 17 18 19 20 21 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.